ghar sansar

दोधारा चाँदनीबाट कुखुरा तस्करी, प्रहरीले दुई क्विन्टल कुखुरा समातेर गरि दियो नष्ट

little buddha academy
khasi

दोधारा । दोधारा चाँदनी नगरपालिकाको भारत संग जोडिएको सिमावर्ती भारतीय बजारबाट ल्याउँदै गरेको अवस्थामा प्रहरीले दुई क्विन्टल ब्रोईलर कुखुरा नियन्त्रणमा लिएर नष्ट गरेको छ ।

ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट असई हिक्मत सिंह बुडालको कमाण्डमा आज बिहान गएको प्रहरी गस्ती टोलीले दोधारा चाँदनी नगरपालिका ७ कञ्चनभोजको सिमावर्ती भारतीय बजारबाट ल्याउदै गरेको ९० पिस अर्थात झण्डै दुई क्विन्टल बोईलर कुखुरा बरामद पछि स्थानिय तथा जनप्रतिनिधिको रोहवरमा नष्ट गरेको ईलाका प्रहरी कार्यालय दोधारा चा“दनीका प्रहरी निरीक्षक अर्जुन सिंह साउदले बताए ।

,orning glory badhai
dirghayi clinic

ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट गएको प्रहरी टोली पुग्दा कुखुरा यत्रतत्र छोडेर व्यापारी भागेको बताईएको छ । भारतमा सुईको प्रयोग गरि १०–१५ दिनमै बढी बजन गराईएको बोइलरले आम जनताको स्वास्थ्यमा हानिकारक हुने हँुदा नेपाल सरकारले भारतबाट अबैधरुपमा भित्र्याउने मासु तथा मासुजन्य पदार्थमा रोक लगाएको छ ।

स्थानीय बासिन्दाका अनुसार व्यवसायीले दोधारा चाँदनी नगरपालिकाको खुला सिमा क्षेत्रबाट अवैध रुपमा भारतीय कुखुरा भित्र्याउने गर्दछन् । भारतबाट कुखुरा भित्र्याउने क्वारेन्टाइन अफिसको सिफारिसमा सरकारले प्रतिबन्ध लगाएसंगै दोधारा चा“दनी नगरपालिकाको खुला सीमा क्षेत्रबाट सिमावर्ती भारतीय बजारबाट मासु तथा मासुजन्य पदार्थको आयातमा रोक लगाएको हो ।

कुखुराको उत्पादन घट्दो अवस्थामा रहेको र बजार भाउ बढ्दै गएको मौका छोपी लुकिछिपी कुखुरा र यसको मासु आयात बढेको व्यवसायीको गुनासो छ ।

Himal dental
सम्बन्धित
Loading...