ghar sansar

उदय सरस्वती क्याम्पसका प्रमुख पनि सत्ता गठबन्धनको चुनावी प्रचारमा सक्रिय

महेन्द्रनगर । कृष्णपुर नगरपालिका २ बंकस्थित उदय सरस्वती क्याम्पसका प्रमुख जगदीश सेठी सत्ता गठबन्धनको चुनावी प्रचार प्रसारमा सक्रिय भएका छन् । उनी अहिले राजनीतिक कार्यक्रम र घरदैलोमा व्यस्त भएका छन् ।

क्याम्पस प्रमुख रहेका सेठी पार्टीको जिम्मेवारीमा पनि छन् । उनी आफू लालझाडी गाउँ पालिकामा नेकपा माओवादी केन्द्रको इन्चार्ज छन् ।

lotus institite
daimond public

उनले गठबन्धनका उम्मेदवारको पक्षमा सामाजिक सञ्जाल फेसबुकमा लेख्ने र कार्यक्रममा सहभागी हुने गरेको स्वीकार गरेका छन्। अहिले क्याम्पस विदा रहेकाले प्रचारप्रसारमा लागेको क्याम्पस प्रमुख सेठीले बताएका छन् ।

’म उदय सरस्वती क्याम्पसको प्रमुख हुँ र नेकपा माओवादी केन्द्र लालझाडी गाउँपालिकाको इन्चार्ज पनि हुँ,’ उनले भने, ’अहिले क्याम्पस बिदा भएकाले प्रचारमा लागेको छु, कात्तिक १४ गतेबाट क्याम्पस खुल्छ त्यसपछि पार्टीबाट पनि राजीनामा दिन्छु र प्रचार पनि गर्दैन।’

लालझाडी गाउँपालिकाका माओवादी केन्द्रको इन्चार्ज पनि हुने क्याम्पसको प्रमुख पनि हुने यो त निर्वाचन आचारसंहिता र विद्यमान कानुनको उल्लंघन हो नि, अध्यापक जस्तो मान्छेले पार्टीको कार्यकर्ता हुन अफ्ठारो लागेन ? भन्ने प्रश्नमा सेठीले कात्तिक १४ गतेपछि पार्टी छोडेर क्याम्पसको मात्रै काम गर्ने बताए ।

साभार : दिनेश खबर

Himal dental
सम्बन्धित
Loading...