ghar sansar

एमालेसित यसरी खनिए साउँद, भने– विकासका नाममा सिन्को भाँचेन, काँग्रेस माओवादी प्रगतिशिल रुपान्तरणका शक्ति हौ

महेन्द्रनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री एनपी साउदले एमाले नेतृत्वको सरकारले विकासका केही नगरको आरोप लगाएका छन् । कृष्णपुरमा बुधबार सत्ता गठबन्धनको चुनावी भेटघाट कार्यक्रममा उनले एमाले नेतृत्वको सरकाले विकासमा नाममा सिन्को समेत भाँच्न नसकेको बताए ।

कञ्चनपुर निर्वाचन क्षेत्र २ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार साउँदले काँग्रेस र माओवादी प्रगतिशिल रुपान्तरणका शक्ति भएकाले संयुक्त रुपमा अहिले दुवै शक्ति चुनावमा होमिएको बताए । एमालेमा चरम अधिनायकवाद हावी भएको उललेख गर्र्दै उनले अछामबाट भीम रावलको टिकट नेतृत्वबाट काटि दिएको बताए ।

साउदले शिपी मैनाली झलनाथ खनाल, माधव कुमार नेपालले नेतृत्व गरेको एमाले पाटीमा नेतृत्व लखेटिने संस्कृति नभएको समेत बताए ।

आफु सिँचाईमन्त्री हुँदा साउदले महाकाली तेस्रो. चरणको नहर निर्माण कार्य अघि बढेको बताउदै उनले कैलाली कञ्चनपुरमा सिँचाई तर्फ कृषि कान्ति हुने बताए ।

नेता साउदले यस अघि उक्त क्षेत्रबाट जितेका एमाले नेता नर बहादुर साउदले जनअपेक्षा अनुरुप काम गर्न नसकेको बताए । ‘एमाले झुटको खेत गर्दै जान्छ, ‘उनले भने, ‘एमाले झुट, प्रपोगाण्डा बाहेक केही गर्दैन ।’

Himal dental
सम्बन्धित
Loading...