ghar sansar

दोधारा चाँदनी १ मा एमाले राप्रपाको संयुक्त सम्पर्क कार्यालय स्थापना, चुनावी घरदैलो पनि सुरु

little buddha academy
khasi

दोधारा । दोधारा चाँदनी नगरपालिका १ मा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त निर्वाचन सम्पर्क कार्यालय स्थापना गरिएको छ् । दोधारा चाँदनी नगरपालिका १ स्थित पशुपति टोलमा बुधबार संयुक्त निर्वाचन सम्पर्क कार्यालय उद्घाटन गरिएको छ ।

सम्पर्क कार्यालय उद्घाटनमा कञ्चनपुर क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार निरुदेवी पाल, कञ्चनपुर क्षेत्र नं. ३ (ख) का प्रदेश सभाका उम्मेदवार सुरेन्द्र विष्ट, दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, एमाले दोधारा चाँदनीका ईन्चार्ज राजिव खड्का, प्रदेश कमिटी सदस्य दोधारा चाँदनी नगरपालिकाका पुूर्व उप मेयर चिनी ओझा गिरी, जिल्ला कमिटी उप सचिव कर्ण बहादुर चन्द, जिल्ला कमिटि सदस्य खिमा चन्द, सरोज चन्द, ओंम बस्नेत, एमाले दोधारा चाँदनी नगर अध्यक्ष हरिसिंह धनाडी लगायतका सहभागी भएका छन् ।

,orning glory badhai

dirghayi clinic

यसैगरी राप्रपाका नगर अध्यक्ष बिर बहादुर शाह, दोधारा चाँदनी नगरपालिका १ का वडा अध्यक्ष बिक्रम चन्द, राप्रपा सुदूरपश्चिम प्रदेश समितिका सदस्य तमान सिंह गुरुङ्ग, राप्रपा दोधारा चाँदनी नगर सदस्य देब दत्त भट्ट, प्रमानन्द भट्ट लगायतका सहभागी भएका छन् ।

कञ्चनपुर ३ मा एमाले र राप्रपा चुनावी तालमेल गरी चुनावी मैदानमा गएका छन् । प्रतिनिधि सभा सदस्यमा एमालेका पाल र प्रदेशका दुईमध्ये (क) मा राप्रपाका जोशी र ‘ख’ मा एमालेका विष्ट उम्मेदवार छन् ।

निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी र एमालेका नेता कार्यकर्ता निर्वाचनमा एक ढिक्का भएका प्रचारप्रसार लाग्ने प्रतिबद्ध भएका छन् । दोधारा चाँदनी – १ मा दुबै दलका संयुक्त कार्यालय खोलिएसंगै चुनावी गतिविधि बढ्ने आशा गरेका छन ।

प्रतिनिधि सभा सदस्यका उम्मेदवार निरु देवी पाल र सुरेन्द्र बिष्टले यस पटक निर्वाचनमा जनताले सही मूल्याङ्कन गरी सूर्यमा मत दिने पक्का भएको बताए छन् । सूर्य पश्चिम दिशाबाट उदाउने दाबी उनीहरुको दाबी छ । उनीहरुले घरदैलो कार्यक्रम सञ्चालन गरेका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...