ghar sansar

भीनपा ६ मा एमालेको चुनावी घरदैलो, प्रतिनिधि र प्रदेश सभा सदस्यका उम्मेदवारले मागे मत

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा एमाले राप्रपाका उम्मेदवारले भीमदत्त नगरपालिका ६ मा घरदैलो गरेका छन् । प्रतिनिधि सभा सदस्यका उम्मेदवार निरुदेवी पाल, प्रदेश सभा सदस्यका उम्मेदवार धर्मराज जोशी सहित नेता कार्यकर्ता सहभागी भएका छन् ।

dirghayi clinic

घरदैलोमा एमाले पोलिटब्युरो सदस्य राजेन्द्र सिह रावल, एमालेको प्रदेश निर्वाचन परिचालन कमिटीका संयोजक जनकराज अवस्थी, नेता नर बहादुर विश्वकर्मा सहित भीमदत्त नगर अध्यक्ष हिमाल चन्द, राप्रपाका नगर अध्यक्ष करन सिह पाल, एमालेका वडा इन्चार्ज चन्द्र सिह कार्की लगायतका सहभागी भएका छन् ।

,orning glory badhai

एमालेले चुनाव प्रचारका लागि सम्पर्क कार्यालय यस अघि स्थापना गरि सकेको छ । एमालेको निर्वाचन परिचालन कमिटीका संयोजक अवस्थीले सबै वडामा घरदैलो गरिने बताए । भीनपा १७ बाट बुधबारदेखि एमालले चुनावी घरदैलो सुरु गरेको हो ।

Himal dental
सम्बन्धित
Loading...