ghar sansar

कञ्चनपुर ३ मा काँग्रेसका बागी सिहको चुनावी नारा नै ‘पटक पटक होइन, एक पटक’

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार दिपक बहादुर सिह पटक पटक नभएर एक पटक भन्ने नारा लिएर चुनावी मैदानमा होमिएका छन् । काँग्रेसका महाधिवेशन प्रतिनिधि सिह प्रतिनिधि सभा सदस्यका उम्मेदवार भएपछि कारवाहीमा परि सकेका छन् । उनी १४ औं महाधिवेशनबाट महाविधेशन प्रतिनिधि भएका थिए ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ क मा प्रदेश सभा सदस्यका आकाँक्षी उनी छलफल नगरी टिकट वितरण गरिएपछि असन्तुष्ट भएर प्रतिनिधि सभा सदस्यमा उम्मेदवार भएका छन् ।

‘पटक पटक होइन, एक पटक, राजनीतिक सेवा हो, पेशा होइन’ सिहले चुनाव प्रचारका लाागि बनाएको प्रचार सामाग्रीमा यही नारालाई उल्लेख गरिएको छ । उनी काँग्रेसमा एकै व्यक्तिले पटक पटक अवसर पाउने भएपछि विद्रोह गर्नु पर्ने अवस्थामा पुगेको बताएका छन् ।

सिहले काँग्रेस मात्रै सबै दलले एकै व्यक्तिलाई पटक पटक अवसर दिनु नहुनेमा जोड दिएका छन् । उनले मतदान गरी निर्वाचित गराउन सबै युवामा आव्हान गरेका छन् । उनी पुतली चुनाव चिन्ह लिएर चुनावी मैदानमा छन् ।

Himal dental
सम्बन्धित
Loading...