ghar sansar

दोधारा चाँदनीको दुई नम्बर वडामा पनि सरसफाई अभियान सुरु

khasi

दोधारा । दोधारा चाँदनी नगरपालिका वडा नं. २ वडा कार्यालयले साताब्यापी बृहत सरसफाई अभियान सुरु गरेको छ । दोधारा चाँदनी नगरपालिका वडा नं. २ का वडाध्यक्षको पहलमा वडा नं. २ मा रहेका सडकका झाडी तथा फोहर सरसफाई अभियान सुरु गरिएको छ ।

सडक किनारका झाडी तथा फोहरको कारण सडक दुर्घटनासंगै डेंगु रोगले स्थानियहरु प्रभावित हुने थालेपछि वडा कार्यालयको निर्णय अनुसार वडामा रहेका सडकहरुमा साताब्यापी सरसफाई अभियान संचालन गरेको वडा अध्यक्ष पदम रावलले बताए ।

dirghayi clinic

शनिबारदेखि सुरु भएको साताब्यापी सरसफाई अभियान वडामा रहेका सडकको सरसफाई नहुँञ्जेल जार िराख्ने वडाध्यक्ष रावलले बताएका छन् । शनिबार थापा चौराह देखि मायापुरी जाने झण्डै आधा किलोमिटर सडकमा रहेका झाडी र फोहर सफा गरिएको छ ।

सरसफाई अभियानमा वडा अध्यक्ष पदमर रावल, सदस्य मनिकला खनाल, महाबिर धामी, कमान सिंह धामी, द्रोपती सुनार, माईती नेपाल कञ्चनपुरका लक्ष्मी थापा गुरुङ्ग, सिता क्षेत्री, बास नेपाल दोधारा चाँदनीका अध्यक्ष दुर्गा बडुवाल लगाएत नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानिय सहभागी भएका छन् ।

यस अघि दोधारा चाँदनी नगरपालिका वडा नं. ३ र ५ मा समेत सरसफाई अभियान संचालन गरेका हुन् ।

Himal dental
सम्बन्धित
Loading...