भागबण्डा असन्तुष्टिमा छलफल नगरी फर्किए सत्ता गठबन्धनका शीर्ष नेता, समाजवादीलाई तिहारपछि छलफल भएर टुङ्गो लाग्ने अझै आश

महेन्द्रनगर । सुदूरपश्चिम आएका सत्ता गठबन्धनका शीर्ष नेता गठबन्धभित्र भागबण्डा असन्तुष्टिलाई छलफल नगरी फर्किएका छन् । सत्ता गठबन्धनको धनगढीमा गरिएको प्रदेश स्तरीय प्रशिक्षण तथा भेला कार्यक्रममा सहभागी हुन शीर्ष नेता आइतबार धनगढी आएका हुन् । उनीहरु धनगढीमा कार्यक्रम सकिएपछि सुर्खेत गएका छन् ।

प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले धनगढी आएका हुन् । उनीहरुले कार्यक्रममा सत्ता गठबन्धनलाई जिताउन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

deepaj

शीर्ष नेता धनगढी आएपछि भागबण्डापछि बढेको असन्तुष्टि छलफल गरी टुङ्गो लाग्ने विश्वास गरिएको थियो । सत्ता गठबन्धनका दलबीच सहमति हुन नसकेपछि कञ्चनपुरमा नेकपा एकीकृत समाजवादी गठबन्धन विरुद्ध चुनावी मैदानमा होमिएको छ ।

Mishra

सत्ता साझेदार समाजवादी शीर्ष नेता धनगढी आएपछि सर्वदलीय छलफलबाट अन्तिम उम्मेदवारी टुङ्गो लाग्ने आशमा बसेको थियो । छलफल हुने आशामा समाजवादीका नेता आइतबार धनगढी पुगेका थिए ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सदस्य एवम् सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश रावलले केही दिन अघि पत्रकार सम्मेलनमा कार्तिक ६ गते सत्ता गठबन्धनमा उम्मेदवारको टुङ्गो लाग्ने बताएका थिए । सत्ता गठबन्धनमा सहमति नभएपछि कञ्चनपुर ३ क मा माओवादी केन्द्रका टेकेन्द्र प्रसाद भट्ट र समाजवादीका रावल प्रदेश सभा सदस्य उम्मेदवार भएका छन् ।

सत्ता गठबन्धनमा प्रदेश सभा सदस्यमा दुई उम्मेदवार भएपछि प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश लेखकले तीन पटक भन्दा बढी रावललाई भेटि सकेका छन् ।

नेकपा एकीकृत समाजवादीका कञ्चनपुर सचिव हरह सिह धामीले शीर्ष नेताको व्यस्तताले छलफल हुन नसकेको बताए । ‘कार्यक्रम सकिएपछि वहाँहरु हतारमा सुर्खेत जानु भयो, छलफल हुन सकेन’ उनले भने,‘सुदूरपश्चिममा असन्तुष्टि छ, यसलाई हल गर्न पर्छ भन्नेमा वहाँहरु पनि देखिनु भाको छ ।’

समाजवादीका सचिव धामीले तिहारपछि फेरि छलफल हुन सक्ने बताए । सत्ता गठबन्धनमा भागबण्डा मिलाउन नसकिएपछि असन्तुष्टि बढेको हो । बैतडीमा सत्ता गठबन्धन विरुद्ध काँग्रेसका बागी उम्मेदवार भएका छन् । कञ्चनपुरका दुई प्रदेश सभामा सत्ता गठबन्धन विरुद्ध समाजवादीका उम्मेदवार चुनावी प्रतिस्पर्धामा आएका छन् ।

सम्बन्धित
Loading...