महेन्द्रनगर । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता तथा कञ्चनपुर क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार लोकराज भट्टले आफ्नो प्राथमिकतामा सडक सञ्जाल, तटबन्ध र आरक्ष पीडित पुनस्र्थापन भएको बताएका छन् ।
उनले कञ्चनपुरमा बुडर नायल सडक खण्ड बिस्तार, बेलौरी कलुवापुर सडक निर्माण र आरक्षपीडितको समस्या समाधान गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् । उम्मेदवार भट्टले आरक्ष पीडितको उचित व्यवस्थापन गरेरै छाड्ने बताए ।