
प्रदेश सभा सदस्यका उम्मेदवार विष्ट भन्छन्– विज्ञप्ति र भाषण गर्दैमा काम हुँदैन्, अहिले काम किन रोकियो भनेर सोध्नु जरुरी छ

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका निवर्तमान मेयर सुरेन्द्र विष्ट कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा प्रदेश सभा सदस्यका चुनावी मैदानमा होमिएका छन् । अघिल्लो निर्वाचनमा भीमदत्तको मेयर निर्वाचित भएका उनी यस पटक प्रदेश सभा सदस्य लडेका हुन् ।
एमालेका जिल्ला अध्यक्ष समेत रहेका विष्टले उम्मेदवारी दर्तापछि खैरभट्टी कुतियाकवर अभियान सञ्चालन गरिने घोषणा गरि सकेका छन् । भीमदत्तको मेयर हुँदा खल्ला मुसेट्टीलाई प्राथमिकता दिएका उनी कुतियाकवरका समस्या प्राथमिकता दिएर अभियान चलाउने घोषणा गरेका छन् ।

चुनावी प्रचारका लागि घरदैलो र भेटघाटमा व्यस्तले पाँच वर्षे कार्यकालमा गरिएका कार्यका आधारमा आफूलाई विश्वास गर्नेमा विश्स्त देखिएका छन् । प्रदेश सभा सदस्यका उम्मेदवार विष्टले चुनावी अभियानबारे यसरी जानकारी दिएका छन् ।
पार्टीका लागि भोट मागेको छु र सक्दो सहयोग गरिरहेको छु । २०७४ मा म आफैँ भीमदत्त नगरपलिकाको नगर प्रमुखको उम्मेदवार भए । त्यतिबेला पनि घरदैलो तथा भेट्घाट कार्यक्रममार्फत जनतासँग भोट मागे । एकात्मक राज्य प्रणालीबाट मुलकको समृद्धि हुन सक्दैन् । पछाडी पारिएका बर्ग, समुदाय र क्षेत्रको अधिकार सुरक्षित तथा सुनिश्चित हुन सक्दैन् ।
मुलुकलाई समृद्ध बनाउन सकिदैन् भनेर जनआन्दोलन भयो ।त्यो आन्दोलन सफल भएपछि तीन तहको सरकारको व्यवस्था अनुरुप मुलुक सञ्चालन भइरहेको छ । पहिलो पटक भएको स्थानीय तहको निर्वाचनमा भीमदत्तको मेयरमा निर्वाचित भएर काम गरिसक्यौं । मैले के कस्तो काम गरे त्यो जनताको माझमा छर्लङगै छ। दोस्रो पटक पनि बैशाखमा स्थानीय तहको निर्वाचन भइसकेको छ ।
प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मंसिर ४ गते हुँदैछ। हिजो एकात्मक शासन प्रणालीबाट मूलकमा समृद्धि र विकास हुन सक्दैन् र अधिकारबाट बञ्चित भएका र पछाडि पारिएकाहरुको अधिकारहरु सुरक्षित गर्न लोकतान्त्रिक प्रणालीबाट राज्यलाई सञ्चालन गर्ने कुरा ग–यौं। त्यसमा केही असन्तुष्टिहरु आइरहेका छन्। खासगरी प्रदेश सरकारको आवश्यकता छैन् भनेर आवाज उठिरहेका छन्। कुनै पनि मूलुकको राजनीतिक प्रणालीलाई २÷३ वर्षमै परीक्षण गरेर निष्कर्षमा पुग्न सकिदैन ।
सयौँ व्यक्तिले ज्यानको बलिदानी दिए, हजारौँ अंगभंग भए। लाखौँलाख नेपालीहरुको मेहनतबाट प्राप्त भएको यो राजनीतिक प्रणालीमा प्रश्न चिन्ह उठिरहेका छन् । ती प्रश्न चिन्हको अन्त्य गर्नु जरुरी छ। प्रदेश सरकार सञ्चालनमा आएका समस्याहरुलाई समाधान गर्नु पर्छ।
सुदूरपश्चिम प्रदेश आफैंमा सुन्दर छ। यहाँका प्राकृतिक स्रोत र साधनलाई प्रयोग गरी आर्थिक स्रोत बढाउन सकिन्छ। संघ सरकार र विकासका साझेदार संस्थाहरुसँग सहकार्य गरेर थुप्रै काम गर्न सकिन्छ । हाम्रा एजेण्डाका कुरा गर्दा हामी शिक्षामा जोड दिन्छौँ। सुदूरपश्चिम विश्वविद्यालय मेरो क्षेत्रभित्र पर्छ। त्यहाँ अहिले प्राविधिक धारका विषय, जुन जीवन उपयोगी छन् ।
त्यसमा कहीँ न कतै ग्याप छ। त्यहाँ प्राविधिक धारको शिक्षा दिने कुरामा मेरो जोड रहन्छ। धेरै विद्यालयमा पूर्वाधार निर्माण, प्राविधिक धारका विषयको पढाइँको सुरुवात गर्नु पर्ने छ । शिक्षकहरुका समस्या समाधान गर्नु आवश्यक छ ।दोधारा चाँदनीको भानुलाई सुदूरपश्चिम विश्वविद्यायलको आंगिक क्याम्पस बनाउनु पर्ने छ । महाकाली प्राविधिक शिक्षालय भीमदत्तमा सञ्चालन गरेका छौँ ।
अब दोधाराचाँदनीमा पनि प्राविधिक शिक्षालयको स्थापना गर्नुपर्ने छ । आजको आवश्यकता अनुसारको शिक्षा दिन सक्ने विद्यालय सञ्चालन गर्नेतर्फ हाम्रो जोड रहन्छ । स्वास्थ्यलाई पनि विशेष प्राथमिकतामा राख्छौँ। हिजोका दिनमा महाकाली प्रादेशिक अस्पताल रिफर सेन्टरका रुपमा परिचित थियो। त्यहाँ केही डाक्टर र भौतिक पूर्वाधारका काम भएका छन्। तर, त्यतिले मात्रै पुग्दैन् । आवश्यकता अनुसारका डाक्टरहरुको व्यवस्था मिलाउनु आवश्यक छ। सबै रोगको उपचार महाकालीमै हुने व्यवस्था हामी मिलाउँछौं। कोरोना कालमा रातदिन खटियौँ ।
भीमदत्तका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना गरियो। गाउँगाउँमा गएर स्वास्थ्य सेवा दिएका थियौँ। ती कार्यक्रमहरुलाई निरन्तरता दिनु आवश्यक छ। स्वास्थ्य क्षेत्रमा प्रयाप्त बजेट र जनशक्तिको व्यवस्थापन जरुरी छ। अहिले पनि सयौँ युवा रोजगारी नपार विदेशिन बाध्य छन्। कतिपय युवाहरुले विदेशमै ज्यान गुमाउनु परेको छ। युवाहरुलाई यहीँ रोजगारी दिनु छ। विभिन्न आयमूलक कार्यक्रम हामी सञ्चालन गर्छौँ। भीमदत्तको मेयर हुँदा विना धितो ऋणको व्यवस्था मिलाएका थियौँ। युवाहरुलाई यहीँ रोजगारी दिने हाम्रो एजेण्डा हो।
भूमिहीन, अव्यवस्थित बसोबासीको व्यवस्थापनमा पनि हाम्रो जोड हुनेछ। यहाँ धेरै पर्यटकीय स्थलहरु छन्। भारतीय पर्यटकहरुलाई भित्र्याएर आर्थिक गतिविधि बढाउन सकिन्छ । महाकाली नदी किनारमा पर्यटकलाई आकर्षित गर्ने पार्कहरु निर्माण गर्न सकिन्छ। पर्यटनसँगै जोडेर जैविक मार्ग र शुक्लाफाँटा पर्यटन मार्ग सुरु गरेका थियौँ। भीमदत्त नगरपालिकालाई स्मार्ट सिटीको रुपमा अघि बढाएका थियौँ। केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि त्यो काम रोकियो ।
मझगाउँ विमानस्थल, महाकाली करिडोरको काम रोकिएको छ । त्यसलाई निरन्तरता दिनुपर्ने छ। त्यसतर्फ पनि हामी जोड दिन्छौँ। हामीले वृद्ध भत्ता ५ हजार पुगाउने भनेका थियौँ। हाम्रो पार्टीका अध्यक्ष प्रधानमन्त्री हुँदा ४ हजार पुगाएका थियौँ। त्यो भत्ता ५ हजार पुगाउने छौँ। दोधारा चाँदनीमा सिचाइँ पुगाउँछौँ ।
महाकाली पुललाई गुणस्तरीय बनाएर चाडै सम्पन्न गर्नु पर्छ। स्थानीय, प्रदेश र संघ सरकारको सहकार्यमा हामी बिभिन्न विकासे कामहरु गछौँ। उज्यालो दोधारा चाँदनी र भीमदत्त बनाउँछौं। नदी कटानी, डुबानको समस्या सामाधान गर्ने छौँ । जनतासँगै सहकार्य गर्ने गरी हामी अघि बढ्छौँ। केही दिनमै हाम्रो घोषणापत्र आउँछ।
हामीले ५ वर्षमा गर्न सकिने सबै क्षेत्रका कुरा समेटेर घोषणापत्र बनाएका छौँ। त्यही घोषणापत्र अनुसार काम गर्ने छौँ। मझगाउँ बिमानस्थल, महाकाली करिडोर हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनु हुन्थ्यो । म नगर प्रमुख थिए । उहाँसँग भेट गर्ने मौका पाए। त्यतिबेला उहाँसँग ५ वटा कुरा राखेको थिए । अब पश्चिमबाट समृद्धि ल्याउन पर्छ । हामीले नहर बनायौँ। शखा नहर निर्माण गर्नुपर्छ। दोधारा चाँदनीले पानी पाउने कुरा छ । तर पाएको छैन् ।
त्यो काम अघि बढाउन आग्रह गरेको थिए। दोस्रो कुरा महाकाली करिडोरको कुरा उठाएको थिए। पहाडमा काम भइरहेको छ । तर, यहाँ काम रोकिएको छ । दोधारा चाँदनीबाट सुरु हुने गरी महाकाली करिडोरको काम गर्न अनुरोध गरेको थिए। महाकाली करिडोर निर्माणका लागि गड्डाचौकीका स्थानीयसँग कुरा गरे, उहाँहरु जग्गा दिन तयार हुनु भयो। काम सुरु भयो। त्यो करिडोरलाई भारत र चीनसँग जोड्नु पर्छ । त्यसको इआइएका लागि धेरै मेहनत गरियो। विभिन्न मन्त्रालय धाए। मन्त्रीपरिषद्बाटै निर्णय गराएर काम सुरु भयो ।
अध्यक्ष ओलीको सरकार ढलेपछि त्यो काम रोकिएको छ। अहिले म नगर प्रमुख छैन्। काम किन रोकियो भनेर सोध्नु जरुरी छ । साथीहरुलाई अनुरोध गर्छु। विज्ञप्ति र भाषण गर्दैमा काम हुँदैन्। त्यसका लागि पहल तथा मेहनत गर्नु पर्छ । मझगाउँ विमानस्थल निर्माणको काम तीन तहको सरकारको सहकार्यमा अगाडी बढेको थियो। हामीले काम पनि सुरु गरेका थियौँ। अहिले काम रोकिएको छ।
समृद्धिका कुरा गर्नेहरुले नै काम रोकेका छन्। त्यो विषयमा उहाँलाई सोध्नु आवश्यक छ। भीमदत्तलाई स्मार्ट सिटी बनाउनका लागि एक करोड बजेट आउँदै थियो। हाम्रो पार्टीका अध्यक्ष नेतृत्वको सरकार ढलेपछि त्यो बजेट अहिलेको सरकारले काटेको छ। महाकाली प्राविधिक शिक्षालय बाहेक सबै योजनाको काम रोकिएका छन्। ती कामहरु किन रोक्नुभयो भनेर अहिलेका विकासवादी र समृद्धिका कुरा गर्नेहरुलाई सोध्नु जरुरी छ ।
हामीले भीमदत्तमा एसियाली विकास बैंकको सहकार्यमा काम अगाडी बढाएका थियौँ। महेन्द्रनगरमा बनिरहेका सुन्दर सडकहरुको काम हामीले थालनी गरेका हौँ । त्यो योजना अन्तर्गत अर्वौं बजेट भीमदत्तमा आउँदै थियो। फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि धेरै मेहनत गरियो। धेरै ठाउँमा जग्गा हेरियो । काम गर्न खोज्यौं। तर, विकासका कुरा गर्ने नेताहरुले कार्यकर्ता परिचालन गरेर त्यो काममा अवरोध गरे।
हामीलाई काम गर्न दिएनन् । उनीहरुले विकास र समृद्धिको कुरा गर्दैछन् । हामीले खल्लामसेट्टीमा सडक सञ्जाल, सञ्चार सेवा पुगायौं। भीमदत्तमा अल्पकालिन र दिर्घकालीन योजनाहरु अगाडी बढाएका थियौँ। सबैको सहकार्य भयो भने काम गर्न सकिन्छ । जहाँ समस्या छन्, त्यहाँ उपाय छ । त्यसैले मैले प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएको छु। यस क्षेत्रको विकाससँगै सुदूरपश्चिमलाई सुन्दर बनाउन सकिन्छ ।
