
पप्पु गुरुङ्ग
दोधारा । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ (ख) का उम्मेदवार भिम कुमाल निर्वाचन प्रचार प्रसारमा घरदेखि खेतबारीमा पुगेका छन् ।
दोधारा चाँदनी नगरपालिकाको वडा नं. १, २ र ३ मा उम्मेदवार कुमाल घरदैलो देखि खेतवारी सम्म आफ्नो चुनावी प्रचारप्रसारमा जुटेका छन् । यो समयमा यहाँका किसान धान भित्र्याउन खेतवारीमा व्यस्त हुने समय भएकाले उम्मेदवार खेतवारीमै पुग्ने गरेका छन् ।

दोधारा चाँदनी नगरपालिका १ का विभिन्न टोल बस्तीमा धान भित्र्याईदै रहेका किसानलाई खेतवारीमै गएर उनले भोट मागेका हुन् । यतिवेला यहाँका एमाले, काग्रेंस लगाएत दलका उम्मेदवारहरु भोट माग्न मतदाताको घरदैलोमै व्यस्त छन् ।
उम्मेदवार कुमालले संन्चो बिसन्चो सोध्दै आफुलाई जिताउन भोट मागिरहेका छन् । खेतवारी तथा घरदैलोमा पुगेका उम्मेदवार कुमाललाई मतदाताले विशेष गरि सडक, खानेपानी, विद्युत लगाएतका माग राख्ने गरेका छन् । आफ्ना माग पूरा गर्ने उम्मेदवारलाई भोट हाल्ने स्थानीय बताउँछन् ।
केही दिन देखि स्वतन्त्र समुहका उम्मेदवार भिम कुमाल दोधारा चाँदनी नगरपालिकाको बिभिन्न वडा तथा टोलहरुमा पुगेर मतदाता संग मत माग्न व्यस्त देखिएका छन् । प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनको मिति जति जति नजिकिदै गईरहेको छ् उम्मेदवार कुमाल घरदैलो कार्यक्रम समेत त्यही गतिमा तीव्रता दिएका छन् ।
वडा, बस्तीमा जनता माझ पुगिरहेका स्वतन्त्र समुहका उम्मेदवार कुमाल दोधारा चाँदनी नगरपालिकाको विकासमा राजनीतिकरण भईरहेकाले आफु स्वतन्त्र रुपमा विकासकै लागि आएको भन्दै मतदातालाई रिझाउने प्रयास गरिरहेका छन् ।
उनी कोरोना संक्रमण नियन्त्रणको बेला स्थानियबासी, सुरक्षाकर्मी, स्थानिय सरकारलाई नगद रकम, खाद्यान्न, लत्ताकपडा तथा स्वाथ्य सामग्री सहयोग गरेका थिए ।
