ghar sansar

एमालेका प्रदेश कमिटी सदस्य पाण्डेयलाई अनुशासन कारवाही, पार्टी सदस्यता समेत नरहेन गरी निष्कासन

महेन्द्रनगर । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीका सदस्य जयराज पाण्डेय पार्टी अनुशासन उल्लङ्घन गरेको आरोपमा कारवाहीमा परेका छन् । एमाले सुदूरपश्चिम प्रदेश कमिटीले उनलाई पार्टी सदस्यता समेत नरहने गरी पार्टीबाट निष्कासनको कारवाही गरेको हो ।

एमाले प्रदेश कमिटीले पाण्डेसंगै प्रदेश कमिटी सदस्य प्रेम शाह र यज्ञराज बास्तोलाई पनि साधारण सदस्यता समेत नरहने गरी कारवाही गरेको छ ।

एमालेका प्रदेश कमिटी सचिव धर्मराज पाठकले सार्वजनिक विज्ञप्तिमा पार्टीको आधिकारिक उम्मेदवारको विपक्षमा गरेको गतिविधिले पार्टी अनुशासन उल्लङ्घन गरेको ठहर गरी कारवाही गरिएको उल्लेख गरेका छन् ।

एमालेबाट कारवाही गरिएका पाण्डेय प्रदेश सभा सदस्यका दाबेदार थिए । एमालेले टिकट नदिएपछि उनी पार्टी छाडेको यस अघि घोषणा गरेका थिए । पाण्डेय २०५४ मा एमालेबाट तत्कालिन कृष्णपुर गाविसमा अध्यक्ष निर्वाचिच भएका थिए ।

Himal dental
सम्बन्धित
Loading...