ऐरीमा पनि खोले काँग्रेसका बागी सिहले सम्पर्क कार्यालय, काँग्रेसका युवाले नै दिए सिहलाई साथ

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का स्वतन्त्र उम्मेदवार दिपक बहादुर सिहले भीमदत्त नगरपालिका १२ मा चुनावी प्रचारमा काँग्रेसका युवाको साथ पाएका छन् । भीमदत्त नगरपालिका १२ ऐरीमा सम्पर्क कार्यालय उद्घाटनमा उनीहरु सबै सहभागी भएका छन् ।

janjyoti campus

काँग्रेसका बागी सिहलाई काँग्रेस बाहेक, एमाले र राप्रपाका युवाले पनि साथ दिएका छन् । उनीहरुमा सबैभन्दा बढी काँग्रेसका युवा छन् । सम्पर्क कार्यालय उद्घाटनमा सहभागी उनीहरुले बर्षौदेखि बाजे बुवाले काँग्रेसलाई मत दिएर यस पटक आफूहरु स्वतन्त्र भएर सहयोग गर्ने निर्णयमा पुगेको बताए ।

काँग्रेसका बागी सिहको चुनावी प्रचारमा सहभागी पवन विष्टले काँग्रेसलाई बर्सेनी मत दिएर जिताउनु पर्ने आवश्यकता नभएको बताए । बाउ बाजे सबैले काँग्रेसलाई नै जिताए, अब हामी युवाले पनि काँग्रेस नै जिताउनु पर्छ भन्ने केही छैन, अब हामी स्वतन्त्र भएर चुनावमा सहयोग गर्छौ’ उनले भने ।

सिहले सम्पर्क कार्यालय उद्घाटन गरेका छन् । उनले पार्टी सबैको नेता कार्यकर्ताको भएकाले एकै व्यक्तिले पटक पटक अवसर पाउनु नहुने आफ्नो मान्यता रहेको बताए ।

ghar sansar
सम्बन्धित
Loading...