ghar sansar

सत्ता गठबन्धनमा समाजवादीका विद्यार्थी नेताले आफ्नै उम्मेदवारको प्रचारप्रसार गर्न नपाउने गरी चुनावी जिम्मेवारी बाँडफाँट

महेन्द्रनगर । सत्ता गठबन्धनले सत्ता साझेदार एकीकृत समाजवादीका विद्यार्थी नेतालाई आफ्नो नेता चुनावी प्रचार गर्न नपाउने गरी जिम्मेवारी दिएको छ ।

सत्ता गठबन्धनमा भागबण्डामा सहमति नभएपछि कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ क र निर्वाचन क्षेत्र नं. २ ख मा समाजवादी प्रदेश सभा सदस्यका उम्मेदवार चुनावी मैदानमा छन् । ती दुबै प्रदेशमा काँग्रेस र माओवादी केन्द्रका विद्यार्थी नेतालाई चुनाव प्रचारको जिम्मा लिएर समाजवादीका विद्यार्थीलाई बाहिर राखिएको हो ।

mantra hos123

समाजवादीको उम्मेदवार नभएको प्रतिनिधि सभा सदस्य क्षेत्रमा भने समाजवादीका विद्यार्थी नेतालाई जिम्मेवारी दिइएको छ ।

समाजवादीको उम्मेदवार भएको प्रदेश ३ क मा माओवादीको क्रान्तिकारी विद्यार्थी संगठनबाट भुवन विष्ट र काँग्रेसको नेवि संघबाट सञ्जय अधिकारीले जिम्मेवारी पाएका छन् । प्रतिनिधि सभा सदस्यका लागि भने क्रान्तिकारीका विरेन्द्रराज विष्ट सहित समाजवादीको अनेरास्ववियुका रमेश पन्त, नेवि संघ विक्रम बुढा,अखिल छैटौँ भिमराज जोशी र समाजवादीका केशव भट्टलाई जिम्मेवारी दिइएको छ ।

प्रदेश सभा ३ क मा समाजवादीका प्रकाश रावल प्रदेश सभा सदस्यका उम्मेदवार छन् । निर्वाचन क्षेत्र नं. ३(ख) क्रान्तिकारीका सुरेन्द्र भट्ट, नेवि संघबाट ईश्वर जोशीलाई जिम्मेबारी दिईएको छ ।

समाजवादीका लाल बहादुर खडका उम्मेदवार भएको निर्वाचन क्षेत्र नं. २ ख मा २(ख) नेवि संघका पारसमणी जोशी र अखिल क्रान्तिकारीका दल बहादुर धामी(डिबी) लाई जिम्मेवारी पाएका छन् ।

निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका लागि नेवि संघका रमेश चटौत, अखिल क्रान्तिकारीका प्रेमसिह रावल, समाजवादीको अनेरास्ववियुका प्रज्वल कुँवर, अखिल छैटौँ मिन भट्ट, समाजवादीका केशव भट्ट, २(क) अखिल क्रान्तिबारीबाट दिपक अवस्थी र नेवि संघबाट गणेश उपाध्यायले जिम्मेवारी पाएका छन् ।

निर्वाचन क्षेत्र १ प्रतिनिधी सभा सदस्य तर्फ अखिल क्रान्तिकारीबाट केन्द्रीय सदस्य किशोर भट्ट, नेवि संघबाट यज्ञ खडका, समाजवादीबाट ओमप्रकास रावत, अखिल छैटौँ दिपक कार्की र समाजवादी विद्यार्थीबाट केशव भट्ट, १(क)मा नेवि संघबाट निरज भण्डारी, अखिल क्रान्तिबारीबाट यादव सिह, १(ख) अखिल क्रान्तिकारी कञ्चनपुर अध्यक्ष कैलाशचन्द्र गिरी र नेवि संघबाट सुभम रावललाई खटाएको छ ।

Himal dental
सम्बन्धित
Loading...