
एमाले उम्मेदवार पालले भनिन्– यसै क्षेत्रबाट चुनाव जितेका व्यक्ति प्रधानमन्त्री हुँदा पनि विमानस्थल निर्माण कार्य रोकियो, यहीं काम पूरा गर्न पनि एमालले नै जित्नु पर्छ नै जित्नु पर्छ

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार निरुदेवी पालले यस क्षेत्रमा चुनाव लडेर जितेका व्यक्ति प्रधानमन्त्री भएपछि मझगाउँ विमानस्थल निर्माण कार्य रोकिएको बताएकी छन् । उनले मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि पनि एमालेलाई जिताउनु पर्नेमा जोड दिइन् ।
‘२०६४ मा यसै क्षेत्रमा जितेका आदरणीय नेताज्यू प्रधानमन्त्री हुनु हुनु हुन्छ, विकास गर्ने भए त त्यहीं बेला पनि गरे भै हाल्थ्यो नि,’ भीमदत्त नगरपालिका ६ मा आयोजित भेलामा उनले भनिन्,‘ हाम्रो पालामा पुनः सञ्चालनका लागि निर्माण थालिएको काम अहिले आएर रोकिएको छ, हामी आएपछि सञ्चालन गर्न निर्माण फेरि अघि बढाउँछौ, त्यसैका लागि पनि एमालेलाई मत दिनु पर्छ ।’


एमाले नेतृत्वको सरकाको पालामा विमानस्थल पुनः सञ्चालन, महाकाली कोरिडोर, महाकाली अस्पताल सुधार, दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण लगायतका विकास योजना अघि बढेकाले ती योजनालाई पूरा गर्न पनि एमालेलाई जिताउनु पर्ने उनको भनाई छ । ‘चुनाव जित्ने, केही नगर्ने, खाली जनतालाई भ्रममा पार्ने काम गर्दैनौ, अघिल्लो पटक भनेका काम गरेका छौ’ उनले भनिन् ।
कार्यक्रममा एमालेका निवर्तमान साँसद डा. दिपक प्रकाश भट्टले कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा ठूलो योजना सञ्चालन गरिएको उल्लेख गर्दै ती योजना पूरा गर्न पनि एमालेलाई जिताउनु पर्ने बताए ।
कार्यक्रममा उम्मेदवार सहित एमाले राप्रपा दुबै दलका नेता कार्यकर्ता सहभागी भएका छन् ।
