कञ्चनपुर ३ क का स्वतन्त्र उम्मेदवार भट्टले उम्मेदवारी निष्क्रिय पार्दै जोशीलाई दिए समर्थन

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ क मा एमाले राप्रपाका संयुक्त उम्मेदवार धर्मराज जोशीले स्वतन्त्र उम्मेदवार महादेब भट्टले साथ दिएका छन् । उनले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गर्दै जोशीलाई साथ दिएका हुन् ।

जोशीलाई योग्य उम्मेदवार देखेर समर्थन गरेको भट्टले बताए । दुबै जनाले सोमबार संयुक्त प्रेस विज्ञप्तीसमेत जारी गरेका छन्। ‘प्रदेशसभाको ३ (१) मा जोशीको जीत अपरिहार्य छ,’ विज्ञप्तीमा उल्लेख छ, ‘मैले दिएको स्वतन्त्र उम्मेदवारी आजैका मितिदेखि स्थगित गरी राप्रपाका धर्मराज जोशीलाई समर्थन गर्दछु ।’

भट्टले आफू पनि जोशीको प्रचारप्रसारमा खटिने जानकारी दिए । जोशीलाई क्षेत्र नं. ३ (१) मा एमालेको पनि समर्थन छ। पञ्चायतकालमा दुई पटक तत्कालिन महेन्द्रनगर नगर पञ्चायतका प्रधानपञ्च समेत भएका जोशी राप्रपाको सुदूरपश्चिम अध्यक्षसमेत हुन् ।

पाका र अनुभवि नेतामा गनिने जोशीको यो क्षेत्रमा राम्रो व्यक्तिगत मत रहेको मानिन्छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.