ghar sansar

स्वतन्त्र उम्मेदवार चन्द भन्छिन्– म प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुँ, प्रदेशमा कसैलाई पनि सहयोग हुँदैन, जीवनभर दलीय राजनीतिमा फर्किन्न

dirghayu ad

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार शारदा चन्दले आफूले प्रदेश सभा सदस्यमा कसैलाई सहयोग नगर्ने बताएकी छन् ।

मंगलबार विहान उनले पत्रकार सम्मेलन गरी आफू प्रतिनिधि सभा सदस्यका उम्मेदवार भएकाले प्रदेश सभासित आफूलाई केही मतलब नभएको बताइन् ।

ratnam malkhad

‘मैले कसैलाई सहयोग गर्न भनेकी छैन, कसैले त्यसो भन्छ भने प्रमाण ल्याउन होस देखाउन भन्छु’ उनले भनिन्,‘म प्रतिनिधि सभा सदस्यका उम्मेदवार हो, आफूलाई जिताउन लागेकी छु ।’

दोधारा चाँदनी नगरपालिकामा चुनावी प्रचारका क्रममा उनले सत्ता गठबन्धनका प्रदेश सभा सदस्यका उम्मेदवार बेल बहादुर रानालाई मत मागेको बाहिर आएपछि पत्रकार सम्मेलनमा उनलाई यसबारे प्रश्न सोधिएको थियो । उनले आफूले काँग्रेस छाडि सकेकाले कसैलाई पनि सहयोग गर्न मतदातासित नभनेको बताइन् ।

काँग्रेस महाधिवेशन प्रतिनिधि उनी काँग्रेस छाडेर चुनावी मैदानमा होमिएकी छन् । उनी काँग्रेसको नीति सिद्धान्त र नेताहरुको व्यवहारमा चित्त नबुझेर स्वतन्त्र भएकाले आफू जीवनभर दलीय राजनीतिमा नफर्किने बताइन् ।

Himal dental
सम्बन्धित
Loading...