Sarsoti

एमालेको चुनाव प्रचारमा महिला परिचालन, ५ सय ५१ सदस्यीय परिचालन कमिटी गठन

lotus institute

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरले अखिल नेपाल महिला संघ (अनेमसंघ) कञ्चनपुरले ५५१ सदस्यीय परिचालन कमिटी गठन गरेको छ । मंगलवार महेन्द्रनगरमा भेला गरेर अनेमसंघका केन्द्रीय सचिवालय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज चाँदनी धामीको संयोजकत्वमा जिल्ला स्तरीय परिचालन कमिटी गठन गरिएको हो ।

Mahendranagar

वडा र टोल एमले स्तरमा महिला परिचालन कार्यलाई प्रभावकारी बनाउन कमिटी गठन गरिएको संयोजक धामीले जानकारी दिइन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा शारदा विष्ट, क्षेत्र नम्बर २ मा रमिता राना र क्षेत्र नम्बर ३ मा कमला भट्टलाई परिचालन कमिटीको संयोजक बनाइएको छ ।

morning glory

अनेमसंघ कञ्चनपुरका अध्यक्ष कलशा महराको अध्यक्षतामा भएको भेलामा एमाले केन्द्रीय लेखा आयोग सचिवालय सदस्य ईश्वरीप्रसाद खरेल लगायतका नेता, कार्यकर्ताको उपस्थित भएका छन् ।

saark school
सम्बन्धित
Loading...