
महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकामा स्वतन्त्र समूहका नेता बीर बहादुर सुनार सहित कार्यकर्ता काँग्रेस प्रवेश गरेका छन् ।
सत्ता गठबन्धनको प्रदेश सभा ३(ख) को चुनावी घरदैलोमा उनीहरु सबैलाई स्वागत गरिएको छ । प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश लेखक र प्रदेश सभा सदस्यका उम्मेदवार बेल बहादुर रानाले उनीहरुलाई स्वागत गरेका छन् ।
स्वतन्त्र समूहका सुनार यस अघि स्थानीय तह निर्वाचनमा वडा नं. ७ मा अध्यक्षमा चुनाव लडेका थिए । माओवादी केन्द्र छाडेर स्वतन्त्र चुनाव लडेका भीम कुमालले दोधारा चाँदनीमा स्वतन्त्र समूह गठन गरेका छन् ।
