ghar sansar

समाजवादीका जिल्ला उप सचिव शाही एमाले फर्किए

little buddha academy
khasi

महेन्द्रनगर । सत्ता साझेदार नेकपा एकीकृत समाजवादी कञ्चनपुरका उप सचिव लाल बहादुर शाही एमाले फर्किएका छन् । एमाले विभाजन हुँदा समाजवादी गएका उनी शुक्रबार खुला मञ्चमा चुनावी सभामा एमाले फर्किएका हुन् ।

dirghayi clinic

उनीसँगै खेलकुद विकास समिति कञ्चनपुरका अध्यक्ष कुवेर खडका, कोषाध्यक्ष सुरेन्द्र शाही, माओवादी केन्द्रको सहायक संगठन वाईसियलका नेता योगेश साउद, नेता प्रमानन्द जोशी लगायतका नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

,orning glory badhai

उनीहरु सबैलाई एमाले अध्यक्ष ओलीले टिका लगाएर स्वागत गरेका छन् । खेलकुद विकास समितिका अध्यक्ष खडका, कोषाध्यक्ष शाही समाजवादीको कोटबाट अध्यक्ष र कोषाध्यक्ष भएका थिए ।

समाजवादीका जय बहादुर विष्ट, चक्र कठायत, विप्लवका बिनोद बोहरा, काँग्रेसका राधिका पन्त, गणेश पन्त पनि एमाले प्रवेश गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...