ghar sansar

समाजवादीका जिल्ला उप सचिव शाही एमाले फर्किए

महेन्द्रनगर । सत्ता साझेदार नेकपा एकीकृत समाजवादी कञ्चनपुरका उप सचिव लाल बहादुर शाही एमाले फर्किएका छन् । एमाले विभाजन हुँदा समाजवादी गएका उनी शुक्रबार खुला मञ्चमा चुनावी सभामा एमाले फर्किएका हुन् ।

उनीसँगै खेलकुद विकास समिति कञ्चनपुरका अध्यक्ष कुवेर खडका, कोषाध्यक्ष सुरेन्द्र शाही, माओवादी केन्द्रको सहायक संगठन वाईसियलका नेता योगेश साउद, नेता प्रमानन्द जोशी लगायतका नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

mahostaw

उनीहरु सबैलाई एमाले अध्यक्ष ओलीले टिका लगाएर स्वागत गरेका छन् । खेलकुद विकास समितिका अध्यक्ष खडका, कोषाध्यक्ष शाही समाजवादीको कोटबाट अध्यक्ष र कोषाध्यक्ष भएका थिए ।

समाजवादीका जय बहादुर विष्ट, चक्र कठायत, विप्लवका बिनोद बोहरा, काँग्रेसका राधिका पन्त, गणेश पन्त पनि एमाले प्रवेश गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...