चुनाव बहिस्कार गर्न नेकपा बहुमतको आव्हान

महेन्द्रनगर । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) कञ्चनपुरले मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन बहिस्कार गर्न आव्हान गरेको छ ।

नेकपा बहुमतले भीमदत्त नगरपालिकाको महेन्द्रनगर सहितका विभिन्न क्षेत्रमा संसदीय चुनाव अवज्ञा कार्यक्रमको पोस्टर टाँस्दै चुनाव बहिस्कारको आव्हान गरेको छ ।

मंसिर ४ को चुनावले चोर,फटाहा,दलाल, डाँकाहरु मात्र फेरि रहन्छन् सत्ता फेरिदैन् त्यसैले मंसिर ४ मा हुने संघ र प्रदेशको संसदीय चुनाव सम्पूर्ण आम जनता समुदायले अवज्ञा गरौं ! भोट नहालौँ । वैज्ञानिक समाजवादी क्रान्तिको बाटोमा अघि बढौँ ! स्वाधिन संयुक्त सरकारका लागि संघर्ष गरौँ, जस्ता नारा सहित बहुमतले भोट नहाल्न आह्वान गरेको नेकपा बहुमतका कञ्चनपुर जिल्ला पार्टी कार्यलय सचिव दिपेन्द्र ऐरीले बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.