ghar sansar

पुनर्वासमा पूर्व मन्त्री मगरले भनिन्– फेरि जिताएर पठाएपछि जनताको चाहना अनुसार काम गर्छु

dirghayu ad

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ का सत्ता गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार विना मगरले संविधानको रक्षा, राजनीतिक स्थायित्व, दिगो विकास र ससंवृद्धिका लागि गठबन्धन चाहिएको बताएकी छन् । उनले जिताएपछि जनताको चाहना काम गर्ने बताइन् ।

पुनर्वास नगरपालिका ११ मा सत्ता गठबन्धनको निर्वाचन परिचालन समितिको सम्पर्क कार्यालय उद्घाटन गर्र्दै उनले जनताले जिताएर पठाएपछि जनताकै चाहना अनुसार आफु र आफ्नो टिमले काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

ratnam malkhad

उनले भनिन्, ‘प्रचारप्रसार गर्न सकेनौं त्यो बेग्लै बिषय हो तर हामीले विकासका पूर्वाधार धेरै भित्र्याउन सफल भएका छौ, त्रिभुवनबस्ति स्वास्थ्य चौकिलाई सुविधा सम्पन्न अस्पताल बनाउन १५ सैयाको हस्पिटल निर्माणका क्रममा छ, त्यस्तै पुनर्वासका मुख्य बजारलाई केन्द्रीकृत गरि ढलको योजना द्रुत गतिमा छ यी लगायत थुप्रै ठुला योजना छन्’ उनले भनिन्, ‘यद्यपि हामीले गरेका विकासका कार्यक्रमलाई पनि विपक्षीले आफुले गरेको गलत प्रचाबाजी गर्दै आएका छन् ।’

पूर्व मन्त्री मगरले जनताको ठूलो त्याग र बलिदानले ल्याएको संविधानको रक्षा, अग्रगमनको रक्षाका लागि निर्विकल्प गठबन्धन गरिएको उल्लेख गर्दै मुलुकमा फेरि प्रतिगमनकारी शक्ति ले शिर उठाउने मौका पाउने र लोकतन्त्र , ठुलो बलिदानीले स्थापित गरेको संविधान खतरामा पर्ने भएकोले हामी कुन कित्तामा उभिने निर्णय गर्ने बेला आएको बताइन् ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र का तर्फबाट समानुपातिक उमेदवार रामबहादुर देउकर ले प्रतिगामि पक्षलाई परास्त गर्दै लोकतन्त्र को रक्षा का निम्ति गठबन्धनको आवस्यकता भएको कुरा बताए ।

कार्यक्रममा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ क का प्रदेशसभा उमेदवार बन्धु राना ले जनताले जिताएपछि जनतासंग प्रत्यक्ष सम्पर्कमा रहि जनताकै चाहना अनुसार गठबन्धन विजयी उमेदवारसंग समन्वय गरी विकासका कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

Himal dental
सम्बन्धित
Loading...