ghar sansar

दोधारा चाँदनीबाट विकासको सूर्य उदाउँछ : विष्ट

दोधारा । नेकपा (एमाले) कञ्चनपुरका अध्यक्ष एवम् निर्वाचन क्षेत्र नं. ३ (ख) प्रदेश सभाका उम्मेदवार सुरेन्द्र बिष्टले दोधारा चाँदनीबाट विकासको सूर्य उदाउने बताएका छन् ।

दोेधारा चा“दनी नगरपालिका वडा नं. ८ सुन्दरनगरमा आयोजित चुनावी भेटघाटको अवसरमा एमाले कञ्चनपुरका जिल्ला अध्यक्ष तथा कञ्चनपुर क्षेत्र नं. ३ (ख) प्रदेश सभाका उम्मेदवार सुरेन्द्र बिष्टले अबको बिकासको सूर्य पश्चिम दोधारा चा“दनी नगरपालिकाबाट उदाउने बताए ।

lotus institite

एमालेको समृद्ध नेपाल सुखी नेपाली नारालाई पुरा गर्न आफू र आफ्नो पार्टी जनता सामु गरेको बिकासको कामलाई काँग्रेंसका नेताहरुले आफूहरुले गरेको जनमानसमा भ्रम छर्दै आएकोमा उनले असन्तुष्टि व्यक्त गरे ।

daimond public

२०५६ देखि आफुले जितेर केही गर्न नसक्ने र नेकपा एमालेको सरकारले ५ वर्षमा गरेको जनमुखी बिकासको कामलाई मैले गरेको भन्दै जनतामा भ्रम छर्ने काम भईरहेको उम्मेदवार सुरेन्द्र बिष्टले बताए ।

‘यो निर्वाचन केवल निर्वाचनको लागि मात्र नभई मुलृकलाई समृद्धिको यात्रामा लैजानका लागि हो’ प्रदेश सभा सदस्यका उम्मेदवार विष्टले भने, ‘जनताका समस्या समाधान र यस क्षेत्रको विकास गर्ने अवसर दिन जनतामा आएका छौ ।’

उनले एमालेको समृद्ध नेपाल सुखी नेपाली नारालाई पूरा गर्न आफू र आफ्नो पार्टी जनता सामु आएको उनको भनाई छ् । बिकास गा“उबाट हुनु पर्छ, गाउबाट विकास भए मात्र मुलकको विकास हुने’ विष्टले भने, ‘निर्वाचनमा आफ्नो पार्टी सफल भएमा दोधारा चादनी र भीमदत्तलाई स्मार्ट सिटीको रुपमा बिकास गर्ने आफनो योजना रहेको र अब विकासको सूर्य पश्चिमबाट उदाउने भएकोले त्यो सूर्य दोधारा चा“दनीबाट शुरुवात हुनेमा आफू ढुक्क रहेको बताए ।

‘शैक्षिक समस्या समाधान गर्नु पर्नेछ । जिवन उपयोगी शिक्षा अहिलेको आवश्यकता हो । कुतियाकवरदेखी खैयरभट्टीसम्म विकास आवश्यक छ, त्यो विकासका लागि जनताले एमालेका उमेदवारलाई मतदान गर्नेमा आशावादी छौ’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...