ghar sansar

माओवादी नेता कार्कीको कारवाही सिफारिश फिर्ता

महेन्द्रनगर । नेकपा माओवादी केन्द्रले भीमदत्त नगरपालिकाका निवर्तमान वडा अध्यक्ष डम्बर सिह कार्की डिकेलाई गरेको कारवाही सिफारिश फिर्ता लिएको छ ।

माओवादी केन्द्रको भीमदत्त नगर कमिटीले पार्टी अनुशासन उल्लङ्घन गरेको भन्दै कार्कीको साधारण सदस्यता समेत नरहने गरी कारवाही गर्न सुदूरपश्चिम प्रदेश कमिटीमा सिफारिश गरेको थियो ।

lotus institite
daimond public

कार्कीलाई कारावहीका लागि सिफारिश गरिएका एक सातापछि सिफारिश फिर्ता लिइएको छ । माओवादी केन्द्रको भीमदत्त नगर कमिटीका इन्चार्ज लोकराज जोशी र अध्यक्ष अशोक कुमार चन्दले विज्ञप्ति सार्वजनिक गरी कार्कीले सामाजिक सञ्जालमा नलेख्ने र चुनाव प्रचारमा परिचालन हुने प्रतिवद्धता जनाएपछि कारवाही फिर्ता गरिएको उल्लेख गरिएको छ ।

कार्कीको कारवाही सिफारिश फिर्ताका लागि माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य कृष्णदत्त जोशी बोक्सर, जिल्ला कमिटी सदस्य शंकर कुँबर लगायत नेताले जिल्ला कमिटीलाई निवेदन दिएका थिए ।

Himal dental
सम्बन्धित
Loading...