ghar sansar

कृष्णपुरमा एमाले उम्मेदवारले भने– मंसिर ४ पछि सत्ता गठबन्धन दिउँसै बत्ती बालेर खोज्नु पर्ने अवस्थामा पुग्नेछ

dirghayu ad

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ का एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार नर बहादुर धामीले नेकपा एमालेबाट मात्रै देशको विकास,समृद्धि,सुशासन सम्भव रहेको बताएका छन् । कृष्णपुर नगरपालिका ५ गुलरियामा सोमबार राष्ट्रिय युवा संघको कार्यालय उद्घाटन कार्यक्रममा उनले एमालेको स्थिर सरकार बनेमात्रै देशमा जनताले विकासको अनुभूति गर्न पाउने उनले बताए ।

राष्ट्रियताको पक्षमा,स्वाधिनताको पक्षमा एमाले अडिग रहेको बताउँदै चुनाव जित्नेमा विश्स्त रहेको बताए । उनले आफुहरु एक्लै नरहेको समेत जानकारी दिए । एमाले एक्लो छैन,हामीसंग युवा छन्,जनता छन्,उनले भने ।

ratnam malkhad

एमालेका विरुद्ध गठबन्धनमा आवद्ध दलहरुले कुप्रचार गरिरहेकोतर्फ सचेत गराउँदै उनले यसमा युवा संघ हातमा दही जमाएर नबस्ने उनको भनाई थियो । एमाले अध्यक्ष केपी ओलीले दार्चुला गएर आफ्नो भूमि फिर्ता ल्याउने बताए पनि यस बारेमा गठबन्धनले आत्मसमपर्ण गरेको उनको भनाई थियो ।

युवा देशका कर्णाधार भएको बताउँदै उनले गरिब जनता,दिनदुखीको भाग्य बदल्ने पार्टी एमाले मात्रै रहेको धामीले बताए । नेकपा एमाले बाहेक अन्य पार्टीले देशमा विकास गर्न सक्दैन,उनले भने । विदेशीलाई नागरिकता दिने,मुलुकको स्वाधीनता कमजोर बनाउने गठबन्दमा आवद्ध दलहरुलाई मंसिर ४ गतेपरास्त गरेर जनताले देखाइदिने उनले बताए ।

गठबन्द्धन विरुद्ध लड्न नेकपा एमाले एक्लै काफी रहेको उनको भनाई थियो । निर्वमान सांसद समेत रहेका धामीले आफुले पाँच वर्षे कार्यकालमा जनतामाझ अपेक्षित काम गरेको बताए । उनले भने, ‘आगामी निर्वाचनपछि गठबन्धन दिउँसो बत्ति बालेर खोज्नु पर्ने स्थितिमा पुग्नेछ ।’

कञ्चनपुर क्षेत्र नं. २ क का प्रदेश सभा सदस्यका उम्मेदवार वचन बहादुर सिंहले आगामी मंसिर ४ गतेको निर्वाचनपछि गठबन्धनमा आवद्ध दलहरुलाई जनताले दिउँसै बत्ति बालेर खोज्नुपर्ने स्थितिमा पुग्ने बताए ।

एमालेसित गरीब जनता,कृषिमा आधुनीकीरण,आवासविहीन,मुक्त कमैया,बेरोजगार युवायुवतीलाई रोजगारी दिने,देशमा समृद्धि,सुशासन,भ्रष्टाचार निवारण,रेमिट्यान्समा वृद्धि लगायत पूर्वाधारमा जोड दिने गरी योजना,नीति सहित प्रष्ट खाका रहेकामा गठबन्धसंग यसबारे कुनै योजना नरहेको बताए ।

गठबन्धनसंग विकासको योजना छैन,उसंग देशलाई अद्योगतितर्फ अघि बढाउने मात्रै योजना छ । गठबन्धन सरकारले किसानलाई राहत नदिएको,मलखाद उपलब्ध नगराएको तर उपाभोग्य बस्तुमा भने उल्लेख्य मात्रामा वृद्धि गरेको उनको भनाई थियो । नेकपा एमालेलाइ पराजित गर्न नसक्ने डरले एमाले विरुद्ध गठबन्धन बनेको उनले बताए ।

यो गठबन्धन देश बनाउन बनेको होइन,देशमा समृद्धि,सुशासन ल्याउन बनेको होइन,यो गठबन्धन त एमालेलाई पराजित गर्न देउवा,प्रचण्ड, माधव लगायतका नेताहरु रुदै बैशाखी टिकेर परमादेश मार्फत बनेको गठबन्धन हा,उनले भने । गठबन्धमा आवद्ध दलहरुबाट जनताले कुनै पनि विकासको अपेक्षा नराखेको उनको भनाई थियो ।

गठबन्धन सरकारले विकासका नाममा गैर सांसद सहित सांसदहरुलाई पालैपालो मन्त्री बनाउने काम मात्रै गरेको प्रदेश सभा सदस्य उम्मेदवार सिंहले बताए । आफुहरु गठबन्धन दलका उम्मेदवारसंग विकास,समृद्धि,सुशासन लगायतको विषयमा वशह गर्न चुनौति दिए । राष्ट्रिय युवा संघ बर्दी विनाको सिपाही भएको बताउँदै उनले एमालेका बीस ग्यारेन्टी सहित आफुहरुका एजेण्डा लगेर जनताको घरदैलामा जान आह्वान गरे ।

एमाले आफ्नै तागत,ल्याकत,योग्यताले चुनावमा होमिएको उनको भनाई थियो । राष्ट्रियताको रक्षाका लागि पनि एमालेलाई जिताउन आवश्यक रहेको उनको भनाई थियो । नेकपा एमाले सर्वहारा वर्गको पार्टी भएको उल्लेख गर्दै उनले जनताको साथ सहयोग एमालेलाई रहेको भन्दै आफुहरुले निर्वाचन जित्नेमा ढुक्क रहेको उनले बताए ।

त्यसैगरी सुदुरपश्चिम प्रदेश सभामा समानुपातिक उम्मेदवार लक्ष्मी बुढाले कांग्रेसले बीस वर्षसम्म गर्न नसकेको विकासको काम एमालेले पाँच वर्षमा गरेर देखाएको बताइन् । नेकपा एमालेलाई एक्लै चुनावमा हराउन नसक्ने भएपछि एमाले विरुद्ध गठबन्धन बनेको उनले धारणा राखिन् ।

राष्ट्रिय युवा संघ कृष्णपुर नगर कमिटि संयोजक विकास कुँवरको अध्यक्षतामा गरिएको कार्यक्रममा नर बहादुर धामी, सुदुरपश्चिम प्रदेश सभा उम्मेदवार बचन बहादुर सिंह,केन्द्रीय सल्लाहकार सचिवालय सदस्य एवं निवर्तमन कर्णाली प्रदेश प्रमुख गोविन्द कलौनी,जिल्ला कमिटि उपाध्यक्ष लक्ष्मी बुढा लगायत नेता कार्यकर्ता सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...