महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरको सल्लाहकार परिषद्का अध्यक्ष हिरालाल थापाले एमाले अध्यक्ष ओली राष्ट्रियता जोगाउने नेता भएको बताएका छन् । दोधारा चाँदनी नगरपालिका ७ कञ्चनजभोजको गुरुङ्ग टोलमा गरिएको कार्यक्रममा उनले ओली राष्ट्रियता जोगाउने साहस ओली बाहेक अन्य नेतामा नभएको उल्लेख गरे ।
‘अहिले राष्ट्र र राष्ट्रियताको विषय गम्भीर भएर आएको छ, राष्ट्रियता जोगाउनु पर्ने भएको छ, त्यसका लागि ओली बाहेक अरु कोही सक्दैनन’ उनले भने,‘देश, जनता सबैको सुरक्षाका लागि एमाले जिताउन आवश्यक छ ।’
कार्यक्रममा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार निरुदेवी पाल र प्रदेश सभा सदस्यका उम्मेदवार सुरेन्द्र विष्ट लगायतले आफ्नो धारणा राखे ।