महेन्द्रनगर । नेपाली काँग्रेस बैतडीले नेतृ सरस्वती कोलीलाई पार्टीबाट निकालेको छ । सत्ता गठबन्धनका उम्मेदवार विरुद्ध गएर बागी उम्मेदवारको पक्षमा प्रचार गरेको भन्दै कोलीलाई पार्टीबाट निकालिएको हो । उनी पाटन नगरपालिकाकी निवर्तमान उप मेयर हुन् ।
उनलाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निकालिएको काँग्रेसले जनाएको छ । यस अघि उनका श्रीमान रमेश कोलीलाई बागीको प्रचार गरिएको भन्दै स्पष्टीकरण सोधिएको थियो ।