
महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–७ मा माओवादी केन्द्रका नेता राजेन्द्र चौधरी सहित स्थानीय कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । चौधरी स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट वडा सदस्य लडेका थिए ।
शुक्लाफाँटा नगरपालिका–७ मा आयोजित कोणसभामा चौधरीसहित बडघर वीरेन्द्र चौधरीले एमाले प्रवेश गरेका हुन् ।

उनीहरुलाई एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार नरबहादुर धामी र प्रदेशसभा सदस्य उम्मेदवार वचनबहादुर सिंहले टीका लगाई स्वागत गरेका छन् ।
