ghar sansar

काँग्रेसबाट निर्वाचित पुनर्वासका उप मेयर रानालाई कारवाही गर्ने माओवादी विद्यार्थी संगठन क्रान्तिकारीको चेतावनी

महेन्द्रनगर । काँग्रेसबाट निर्वाचित पुनर्वास नगरपालिकाका उप मेयर भुलिया रानालाई माआवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले कारवाही गर्ने चेतावनी दिएको छ । क्रान्तिकारीका नेताले फेसबुकमा रानालाई काँग्रेसले कारवाही नगरे क्रान्तिकारी कारवाही गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

पुनर्वासका उप मेयर राना सहित १० नेताले सत्ता गठबन्धनको चुनाव प्रचारमा सहभागी नभएको भन्दै काँग्रेसले कारवाहीका लागि जिल्लामा सिफारिश गरिएका छन् ।

lotus institite
daimond public

काँग्रेस नेता कारवाहीका लागि सिफारिश गरिएपछि सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता विना मगर थप अप्ठेरोमा परेकी छन् ।

अघिल्लो वर्ष निर्वाचित उनले तीन वर्ष मन्त्री भएर पनि देखाउन सक्ने गरी काम गर्न नसकेको भन्दै मतदाता असन्तुष्ट छन् । चुनाव जितेपछि निर्वाचन क्षेत्रमा समेत फर्किन नसकेकोमा पनि मतदाता उनीसित असन्तुष्ट भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...