ghar sansar

कञ्चनपुरमा निर्वाचन सुुरक्षाका लागि तीन घेराको सुरक्षा व्यवस्था, दुई हजार सुरक्षाकर्मी परिचालन

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुरका चार निर्वाचन क्षेत्रमा चुनावी सुरक्षामा दुई हजार सुरक्षाकर्मी परिचालन गरिएका छन् । गृह मन्त्रालयको चुनावी सुरक्षा रणनीति अनुसार प्रहरी, म्यादी, सशस्त्र र नेपाली सेना निर्वाचन सुरक्षामा परिचालन गरिएका छन् ।

निर्वाचनमा तीन घेरामा सुरक्षा व्यवस्था गरिएको छ । त्यस बाहेक मोबाइल टोली र ‘रिजर्भ फोर्स पनि तयारी अवस्थामा राखिएको छ । सुरक्षा अधिकारीका अनुसार पहिलो घेरामा प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र र त्यसभन्दा बाहिर सेनाले सुरक्षा दिइने गरी सुरक्षा व्यवस्था मिलाइएको छ ।

,orning glory badhai

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबै सुरक्षा तयारी पूरा गरिएको बताए । उनका अनुसार दुई हजार बढी सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

dirghayi clinic

‘चुनावका लागि सुरक्षा व्यवस्था मजबुत पारिएको छ, सीमा नाका सिल गरिएको छ’, उनले भने, ‘सुरक्षा योजना बनाएर प्रहरी, म्यादी, सशस्त्र र नेपाली सेना संयुक्तरूपमा खटिएका छन् ।’ एक हजारभन्दा बढी प्रहरी र प्रहरीको सहायताका लागि एक हजार सात सय म्यादी प्रहरी परिचालन भएका छन् ।

जिल्ला प्रहरी कार्यालयले सुरक्षाको दृष्टिकोणले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरेर तीन भागमा वर्गीकरण गरी संयुक्त सुरक्षा योजना लागू गरेको छ ।

‘तत्काल त्यस्तो सुरक्षा चुनौती खासै छैन, राजनीतिक दलबीच हुनसक्ने झडप तथा विवाद लगायत चुनाव बहिष्कार समूहलाई चुनौतीका रूपमा लिएर सोही अनुसार सुरक्षा मिलाएका छौं’, उनले भने, ‘बहिष्कार समूहमाथि सूक्ष्म निगरानी बढाएका छौं ।’

कञ्चनपुरमा ३ लाख २ हजार ५ सय ९ मतदाता छन् । त्यसमा निर्वाचन क्षेत्र नं. १ मा ९१ हजार १ सय १०, निर्वाचन क्षेत्र नं. २ मा १ लाख ५ हजार ५ सय ७७ र ३ मा ९७ हजार ८ सय २२ मतदाता छन् ।

कञ्चनपुरमा १ सय ३२ मतदानस्थल र ३ सय ४६ मतदान केन्द्र रहेका छन् । एक मतदान केन्द्रमा ८ जनाका दरले २ हजार ७ सय ६८ कर्मचारी परिचालन गरिएका छन्। कारागारका कैदीबन्दी र कर्मचारीका दुई वटा अस्थायी मतदान केन्द्र राखिएका छन्।

Himal dental
सम्बन्धित
Loading...