ghar sansar

माया हत्याकाण्ड : सशस्त्र प्रहरीले खोसेको मायाको मोबाइल भेटियो, भेटिएनन् फरार सशस्त्र

महेन्द्रनगर । बैतडीको शिवनाथमा माया लुहारको हत्या र अर्की युवतीको घाँटी रेटेर घाइते बनाएको आरोप लागेका सशस्त्र प्रहरी जवान भरत कोलीले खोसेको मायाको मोइबाल फोन भेटिएको छ ।

शिवनाथ मन्दिर नजिक शव भेटिएपछि अनुसन्धान थालेको प्रहरीले शव भेटिएको ठाउँ भन्दा एक घण्टा टाढा पञ्चेश्वर ४ मा मोबाइल भेटिएको हो । मोबाइल लैजान बोलाएर भरतले मायाको हत्या गरेको प्रहरी प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

lotus institite

विदामा आएका सशस्त्र प्रहरी कोलीले केही दिन अघि पञ्चेश्वर गएर कुलाउबाट मायाको मोबाइल खोसेर लिएका थिए । त्यसपछि उनी मोबाइल लिन शिवनाथ आएकी हुन् । कोली शिवनाथ ६ का हुन् ।

मोबाइल लिने बहानामा एकान्त जङ्गलतिर लगेर उनले घाँटीमा चक्कु प्रहार गरी मायाको हत्या गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । मंगलबार साँझ हत्यापछि कोली बुधबार विहानदेखि फरार भएका छन् ।

daimond public

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जोशीले मोबाइल भेटिएको बताए । ‘हामीले मृतकको मोबाइल फेला पारेका छौं, अब केही कुरा यसबाट पनि खुल्न सक्छ’ उनले भने ।

मृतकको मोबाइल फेला परेकाले त्यसबाट पनि अनुसन्धानमा सहज हुने प्रहरी निरीक्षक जोशीले बताए । प्रहरी प्रधान कार्यालयसंगको समन्वयमा मोबाइलमा भएका कुराको अनुसन्धान गरिने जोशीले बताए ।

बैतडीको पञ्चेश्वर गाउँपालिका ४ की माया लुहार हत्यामा संलग्न रहेको आरोप लागेका भरतराम कोली अझै पक्राउ परेका छैनन् । परिवारले भरतको नाममा किटानी जाहेरी दिएका छन् ।

आरोपित फरार रहेका उनको खोजी कार्य जारी रहेको उनले बताए । सशस्त्र प्रहरी र मायाबीच पहिलादेखि फोनमा कुराकानी हुने गरेको समेत खुलेको छ ।

तीन दिन अघि मंगलबार घरबाट लुगाउन सिलाउन कुलाउ जान्छु भनेर निस्केकी उनी भरतलाई भेट्न शिवनाथ आएको पाइएको छ । मायाकी भदै १५ वर्षिया नेहाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

Himal dental
सम्बन्धित
Loading...