ghar sansar

प्रहरी हस्तक्षेपपछि धनगढीमा थप चर्कियो विद्यार्थी आन्दोलन, निषेधाज्ञा तोडेर प्रदर्शन

महेन्द्रनगर । कैलालीको धनगढीमा निषेधाज्ञा जारी गरिएकै क्षेत्रमा विद्यार्थीहरुले प्रदर्शन चर्काएका छन् । जिल्ला प्रशासन कार्यालय कैलाली बिहीबार साँझ ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो। प्रहरीले आन्दोलनमा हस्तक्षेप गरी केही विद्यार्थीलाई नियन्त्रणमा लिएपछि स्थिति तनावपूर्ण बन्ने खतरा बढेको छ ।

प्रशासनले २४ घण्टाका लागि धनगढीलाई निषेधित क्षेत्र घोषणा गरेको भएपनि विद्यार्थीहरुले भने शुक्रबार बिहानैबाट आन्दोलन गरिरहेका हुन् । प्रशासनले पूर्वमा धनगढी उपमहानगरपालिका–१ पुरानो फूलबारी बसपार्क (पुष्पलाल चोक), पश्चिममा धनगढी–४ रातोपुल, उत्तरमा धनगढी–५ सामुदायिक प्रहरी सेवा केन्द्रको भवन र दक्षिणमा धनगढी–१ र २ स्थित हुलाकी राजमार्गलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।

lotus institite
daimond public

विद्यार्थीहरुले डिभोटी चोकमा आन्दोलन गरिरहेका हुन् । हिजो धनगढीमा ग्रेडरले कुल्चिएर पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत अन्दाजी १४ वर्षीया छात्रा चेतना साउँदको मृत्य भएको थियो । धनगढी–५ तारानगरकी साउँदको हसनपुर पिपलचौतारा नजिक पानीपिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा कुल्चिएर मृत्यु भएको थियो ।

उनको मृत्युपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए। उनीहरुले सडकमा टायर जलाउँदै प्रदर्शन गरेका थिए। आन्दोलकै क्रममा केही विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। ग्रेडरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ ।

 

Himal dental
सम्बन्धित
Loading...