ghar sansar

माया हत्याकाण्डमा नेकपा बहुमत भन्यो– संलग्नलाई पक्राउ गरी कानुनी दायरामा ल्याउ, पीडित परिवारलाई क्षतिपूर्ति देऊ

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा बहुमत बैतडीले माया लुहार हत्याकाण्डमा संलग्नलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई क्षतिपूर्ति दिन सरकारसित माग गरेको छ । बहुमतले विज्ञप्ति प्रकाशित गरी राजनीतिक संरक्षणमा हत्यामा संलग्नलाई जोगाउन खोजिए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

बैतडीको पञ्चेश्वर गाउँपालिका ४ की २१ वर्षिया माया लुहारको मंगलबार साँझ शिवनाथ गाउँपालिकाको शिव मन्दिर नजक घाँटी रेटेर हत्या गरिएको थियो । उनीसंगै भएकी उनकी भदै १५ वर्षिया नेहा लुहारको घाँटीमा चक्कु प्रहार गरी हत्या गर्ने प्रयास गरिएको थियो । लुहार परिवारले हत्यापछि शिवनाथ ६ का सशस्त्र प्रहरी भरत कोलीका नाममा किटानी जाहेरी दिएका छन् । घर विदामा आएका कोही बुधबार शव भेटिएपछि फरार भएका छन् ।

,orning glory badhai

बहुमतका जिल्ला इन्चार्ज बासुदेब र संयोजक देबद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘छात्रा मायाको हत्या र नेहालाई गम्भीर घाइते बनाएको घटनाको सत्यतथ्य छानबिन गरी दोषी उपर कडा भन्दा कडा कार्बाही गर्न सम्बन्धित निकायलाई हाम्रो पार्टी जिल्ला समिति जोडदार माग गर्दै उचित क्षतिपूर्तिका लागि अपिल गर्दछौं । उक्त घटनामा संलग्न रहेका व्यक्तिहरुलाई सत्ता र पहुँचका आधारमा संरक्षण गरेको पाईएमा हाम्रो पार्टी जिल्ला समिति कडा संघर्ष मा उत्रिन बाध्य हुनेछौ ।’

dirghayi clinic

घाँटी रेटेर हत्या गरिएकी माया श्री जवलपुर मावि सैलोडामा कक्षा १२ मा अध्यनरत थिइन् । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा उनी म्यादी भएर शिवनाथमा खटिएकी थिइन् । डडेल्धुरामा उपचार भई रहेकी उनकी भदै नेहा जवलपुर माविमा कक्षा ९ मा अध्ययनरत छन् ।

मंगलबार विहान लुगा सिलाउन कुलाउ जान्छु भन्दै माया नेहा सहित घरबाट आएकी थिइन् । साँझसम्म घर नपर्केपछि दोस्रो दिन खोजी गर्दा उनी शिवनाथ मन्दिर नजिक मृत भेटिएकी हुन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा कपडा सिलाउन भन्दै आएकी मायालाई सशस्त्र प्रहरी कोलीले केही दिन अघि खोसेको आफ्नो मोबाइल लिन बोलाएको खुलेको छ । मोबाइल लिन बोलाएकी मायालाई उनले जङ्गलतिर लगेर हत्या गरेको प्रहरीको आशंका छ ।

बहमुतले मायाको हत्यालाई अमावनीय भन्दै उनीप्रति श्रद्धाञ्जी अर्पण गरेको छ । गम्भीर घाइते नेहाको स्वास्थ्य लाभको कामना र घर परिवारमा समवेदना दिइएको छ ।

Himal dental
सम्बन्धित
Loading...