ghar sansar

माया हत्याकाण्ड : घाइते नेहाको उपचारका लागि धनगढीका पन्तले गरे सहयोग

dirghayu ad

महेन्द्रनगर । कैलालीको धनगढी उपमहानगरपालिका – ५ का रबिनकान्त पन्तले घाटी रेटिएर डडेल्धुरा अस्पतालमा उपचारर नेहा लुहारको उपचारका लागि १५ हजार सहयोग गरेका छन । उनले नेहाको उपचारका लागि आर्थीक अभाव भएको खबर अत्तरिया अनलाइनमा पढेर नेहाका परिवारलाई सहयोग रकम पठाएका हुन् ।

आधुनिक कृषि प्रविधि प्रयोग गरेर कृषि व्यवसाय संचालन गर्दै आइरहेका पन्तले उत्कृष्ट माछा पालन गरेबाफत पाएको १० हजार रकममा ५ हजार थपेर नेहाको उपचारका लागि सहयोग गरेका हुन । उनले कैलालीको गोदावरी नगरपालिका १ र धनगढीको फुलबारी र धनगढीमा खप्तड डेरी संचालन गरेका छन् ।

ratnam malkhad

उनकै पहलमा धनगढी उपमहानगरपालिका – २ का पदम महताले पनि नेहाको उपचारका लागि ५ हजार सहयोग गरेका छन । हाल उनी दुवईमा कार्यरत रहेका छन । सहयोग रकम पाएपछि नेहाको उपचारका लागि सहज भएको नेहाका काका प्रकाश लुहारले बताएका छन । उनी नेहालाई बुधबार उपचारका लागि घरबाट १५ हजार ऋण निकालेर डडेल्धुरा ल्याएका थिए ।

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको बुधबार दिउँसो शिवनाथ गाउँपालिका–६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो भने सोही ठाउँकी १५ वर्षीया नेहा लुहार घाँटीमा धारिलो हतियार प्रयोग गरेर गम्भीर घाइते अवस्थामा भेटिएकी थिइन् ।

Himal dental
सम्बन्धित
Loading...