घाँटी रेटेपछि नेहा ढलेकी रहेछिन्, मरी भनेर छोडेर गएको रहेछ

Amity

महेश महर
अत्तरिया । नेहा लुहार घाँटी रेटिएको अवस्थामा अस्पतालको वेडमा छटपटाइ रहेकी छिन् । ‘हाँस्ने खेल्ने’ उमेरकी नेहा मंगलबार साँझ फुपुको हत्याराको सिकार हुनबाट जोगिएपनि अहिले उनको उपचारका लागि भने परिवार उपचार खर्च जुटाउनु संघर्ष गर्नु पर्ने अवस्थामा पुगेका छन् ।

बैतडीको पञ्चेश्वर गाउँपालिका – ४ की सैलोडाकी १५ बर्षीय नेहा मंगलबार बिहान फुपु माया लुहारको यात्राकी सहयात्री बनेर घरबाट निस्किएकी थिइन् । तर, गतब्यमा नपुग्दै दुवै जना हत्याराको पञ्जामा परे । जुन घटनामा मायाले आफ्नो ज्यान गुमाउनु परेको छ भने नेहा घाटी रेटिएको अवस्थामा अस्पतालको वेडमा छटपटाइरहेकी छिन् ।

janjyoti campus

‘घाँटी रेटेपछि नेहा ढलेकी रहेछिन् । त्यसपछि उसले नेहालाई मरी भनेर छोडेर गएको रहेछ’ नेहाका काका प्रकाश लुहारले भने ‘मंगलबार साँझ ५ बजे भएको घटना पछि नेहाले घर आउने प्रयास गरे पनि आउन सकिनन् । रातभरी जंगलमै बसिन् ।’ नेहा अहिले राम्रोसंग बोल्न सकिरहेकी छैनन् । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

नेहालाई बुधबार बिहान गोठालो गएकाहरुले देखेपछि मात्रै आफन्तले घटना भएको जानकारी पाएका थिए । घाइते नेहाको बयानका आधारमा प्रहरीले शिवनाथ गाउँपालिकाका सशस्त्र प्रहरी भरत कोली घट्नाम मुछिएका छन् । घर विदामा आएका उनी बुधबार विहानेखि फरार भएका छन् ।

मृतकका दाई प्रकाशका अनुसार प्रहरीको शंकाको घेरामा रहेका ती सशस्त्र प्रहरीले नै केही दिन अघि मायाको फोन आफूसंगै लगेर गएका थिए । फोन लिन बोलाएरै ती व्यक्तिले उनको हत्या गरेको प्रकाशले बताए । ‘कुलाउ लुगा सिलाउन गइरहेको थाहा पाएपछि ती व्यक्तिले फोन लगेर जाउँ भन्दै शिवनाथ मन्दिरमा बोलाएका रहेछन्’ उनले भने, ‘त्यहाँ पुगेपछि विवाद हुँदा हत्या भयो ।’ ती युवक र माया बीच पहिले देखि चिनजान रहेको थियो ।

‘ति दुवै बीच प्रेम सम्बन्ध थियो । ती युवकले मायाको फोन चेक गर्न लगेका रहेछन्’ पञ्चेश्वर गाउँपालिकाका एक वडा सदस्यले भने ‘फोन लग्न बोलाएका युवक र माया बीच के– के विवाद भयो भन्ने खुलेको छैन ।’

अहिले जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीको नेतृत्वमा प्रहरीले घटनास्थलमै पुगेर अनुसन्धान गरेको छ । शंकास्पद व्यक्तिको पहिचान भए पनि पक्राउ नपरेको बताए । उनले भने ‘हामी अपराधिको एकदमै नजिक पुगिसकेका छौ । पक्राउ गर्नको लागि हामी अहिले घटनास्थलमै छौ ।’

घरको आर्थिक अवस्था कमजोर भएकी नेहाको उपचारका लागि समस्या भइरहेको आफन्तले बताएका छन । नेहाको उपचार लागि डडेल्धुरा अस्पतालमा रहेका उनका काका प्रकाशले घरबाट १५ हजार लिएर आएको भएपनि त्यो रकम सकिएपछि उपचार गर्नको लागि समस्या भइरहेको बताए ।

‘एम्बुलेन्सको भाडा तिरेर बचेको केही रकम पनि सकिएको छ’ उनले भने ‘थप खर्च कति लाग्ने हो भन्ने पनि थाहा छैन ।’ उनका अनुसार नेहाको घाटिको अपरेशन गरिने छ । उनले उपचारको सहयोगको लागि अनुरोध गरेपछि अहिले सम्म कतैबाट सहयोग नपाइएको बताए ।

साभार : अत्तरिया अनलाइन

ghar sansar
सम्बन्धित
Loading...