ghar sansar

महेन्द्रनगर वसपार्कबाट पक्राउ परेका माया हत्याकाण्डका आरोपी सशस्त्र प्रहरीलाई बैतडी पठाउने तयारी

महेन्द्रनगर । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी २१ वर्षीया माया लुहारको हत्याका आरोपी आइतबार विहान महेन्द्रनगरबाट पक्राउ परेका सशस्त्र प्रहरी जवान भरत कोलीलाई बैतडी पठाउने तयारी गरिएको छ । जिल्ला प्रहरी कार्यालयले विहान १० बजेतिर कोलीलाई महेन्द्रनगर वसपार्कबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेपछि उनलाई प्रहरी कार्यालयमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक श्याम सिह चौधरीले हत्या आरोपी कोलीलाई केही समयपछि बैतडी पठाउने तयारी गरिएको बताए ।

lotus institite

‘विहान पक्राउ गरेपछि बैतडी प्रहरीसित कुराकानी भएको छ, केही समयपछि पठाउँदैछौ’ उनले भने,‘अहिले त्यसको तयारी गरि रहेका छौ ।’

शिवनाथ गाउँपालिका ४ सलपोलाका सशस्त्र प्रहरी कोली हत्यापछि बुधबार विहानदेखि फरार भएका थिए । उनी भारत जान सक्ने आशंकामा सीमावर्ती क्षेत्रका सबै नाकामा सुरक्षाकर्मी परिचालन गरिएका थिए ।

गत मंगलबार पञ्चेश्वर ४ फयाउलीकी २१ वर्षिया लुहार शिवनाथ गाउँपालिका ६ शिवनाथ मन्दिर नजिक जङ्गलमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेकी थिइन् । उनीसंगै भएकी उनकी भदै नेहाको घाँटीमा चक्कु रेटेर गम्भीर घाइते बनाएको थियो ।

daimond public

लुहार परिवारले सशस्त्र प्रहरी जवान कोली विरुद्ध किटानी जाहेरी दिएका थिए । डडेल्धुरा अस्पताल उपचार भई रहेकी नेहाले पनि कोलीले हत्या गरेको बयान दिएकी थिइन् ।

हत्यापछि फरार कोलीको फोन अन्तिम पटक डडेल्धुरामा ट्रेस गरिएको थियो । फोन अफ हुन अघिसम्म उनले सामाजिक सञ्जालबाट आफूलाई कसैले पनि पक्राउ गर्न नसक्ने धम्की दिएका थिए । उनले आफू बैतडीमा भएको उल्लेख गर्दै केही दिन भूमिगत बस्ने र आफू डिएसपीको मान्छे भएकाले कसैले केही गर्न नसक्ने धम्की दिएका हुन् ।

सशस्त्र प्रहरी बल पोखरामा कार्यरत कोली विहान वसपार्कमा हिँडि रहेको अवस्थामा पक्राउ गरिएका छन् । उनी गड्डाचौकी नाका भएर भारत जान महेन्द्रनगर आएको हुन सक्ने आशंका गरिएको छ ।

प्रहरी उपरीक्षक चौधरीले बैतडी प्रहरीसित समन्वय गरी यकिन गरिएको बताए । ‘बैतडी प्रहरीसँग समन्वय गरेर आइडेन्टिफाई गरियो,’ उनले भने, ‘अब कोलीलाई बैतडी प्रहरीको जिम्मा दिने तयारी गरिरहेका छौँ ।’

गत बुधबार शिवनाथ मन्दिर नजिक जङ्गलमा मायाको शव भेटिएपछि जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक प्रेम बहादुर शाही आफैं घट्नास्थल पुगेर अनुसन्धान गरेका थिए ।

बैतडी प्रहरीले उनी पञ्चेश्वरका महाकाली नदीका घाटमा भारत जान सक्ने आशंका गरी सादा पोशाकमा प्रहरी परिचालन गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...