ghar sansar

महेन्द्रनगरमा पक्राउ परेका माया हत्याका आरोपी सशस्त्र प्रहरी कोलीलाई बैतडी पुगाइयो, म्याद थप गरी अनुसन्धान गर्ने प्रहरी तयारी

dirghayu ad

महेन्द्रनगर । बैतडीको पञ्चेश्वर गाउँपालिका ४ फ्याउलीकी २१ बर्षीया माया लुहार हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान भरतराम कोलीलाई बैतडी पुगाइएको छ । आइतबार बिहान महेन्द्रनगर वसपार्कबाट पक्राउ परेका कोलीलाई राति बैतडी पुगाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

जिल्ला अदालतबाट आज म्याद थपेर कोलीमाथि अनुसन्धान गरिने प्रहरी निरीक्षक जोशीले बताए । कोलीमाथि कर्तव्य ज्यान मुद्दा दर्ता भइसकेको छ । मायाका परिवारले किटानी जाहेरी दिएकै दिन उनीमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरेर खोजी कार्य शुरु गरिएको थियो ।

ratnam malkhad

सशस्त्र प्रहरीकोे हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा कार्यरत कोलीले मायाको हत्या गरेको प्रमाण र परिवारको किटानी जाहेरीका आधारमा प्रहरीले अनुसन्धान कार्यलाई अगाडि बढाउने भएको छ ।

गएको मंगलबार घरबाट लुगा सिलाउनका लागि पञ्चेश्वर गाउँपालिका ३ कुलाउ गएकी माया बुधबार सम्म पनि नफर्किदा खोजी गर्दै जाँदा शिवनाथ मन्दिर नजिक उनको शव फेला परेको थियो । उनीसंगै गएकी उनकी भदै १५ बर्षीया नेहा लुहार घाइते अवस्थामा भेटिएकी थिइन् । उनको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

गएको चुनावमा म्यादी प्रहरी समेत रहेकी मायाको केही दिन पहिला भरतले फोन खोसेको र त्यसपछि बोलाएर हत्या गरेको पीडित पक्षको भनाइ छ । माया र भरतबीच विवाह गर्ने कुरा समेत भइरहेका बेला उसले किन हत्या गर्यो भन्ने बिषय भने अझै खुल्न बाँकी रहेको छ ।

भरतले मायालाई फोन गर्ने गरेको मृतकका दाजु प्रकाशराम लुहारले समेत पुष्टि गरे । उनले भने ‘भरतले बैनीलाई फोन गथ्र्यो । म संग पनि कुरा भएको हो । विवाह गर्छु भन्थ्यो । मैले घरमा आउनु भनेको थिए । तर बोलाएर हत्या गर्यो ।’

माया हत्याको कारण प्रहरीले अभियुक्तसंग बयान लिएपछि मात्रै थाहा हुने बताएको छ । मंगलबार मायको घाँटी रेटी हत्या गरेका भरतराम कञ्चनपुर हुँदै भारत भाग्ने योजनामा रहेका थिए ।

घटनाका बिषयमा अभियुक्त पक्राउ परिसकेकाले थप जानकारी प्राप्त हुने प्रहरी निरीक्षक जोशीले बताए । उनले भने ‘अब अभियुक्तमाथि अनुसन्धान शुरु हुन्छ । अनुसन्धानका क्रममा हत्याको कारण पनि खुल्छ । के कारणले उनले मायाको हत्या गरेका हुन् अनुसन्धाबाट खुल्दै जान्छ ।’

Himal dental
सम्बन्धित
Loading...