ghar sansar

बेदकोटमा नगरपालिका कार्यालयबाट व्यवस्थापन गर्ने भन्दै लगिएका छाडा गाई गोरु खाल्डोमा गाडिएको अवस्थामा भेटिए, भीरबाट खसालेर मारेको स्थानीयको आरोप

महेन्द्रनगर । बेदकोट नगरपालिका कार्यालयबाट लगिएका छाडा पशु चौपाया मृत भेटिएका छन् । दैजी लिप्ना सडक खण्ड अन्र्तरगत चुरे क्षेत्रमा गाडिएको अवस्थामा ८ गाई गोरु भेटिएका छन् । ती गाई गोरुलाई सोमबार नगरपालिका कार्यालयबाट लगिएको थियो ।

चुनेपानीमा लगिएका छाडा चौपायालाई स्थानीयले ढुङ्गामुढा गरी अवरोध गरेपछि स्थानीयले गाई गोरु नगरपालिका कार्यालयभित्र हुलेका थिए । ती गाई गोरुलाई दोस्रो दिन व्यवस्थापनका लागि कार्यालयबाट बाहिर लगिएको थियो ।

lotus institite

बेदकोट नगरपालिका ४ का स्थानीय निर्वतमान वडा सदस्य डम्बर दत्त भट्टले नगरपालिकाले व्यवस्थापन गछौँ भनि लगेका पशु चौपाया भीरमा खसालेर मारेको हुन सक्ने बताए । ‘नगरपालिकाबाट चुनेपानीमा व्यवस्थापन गछौँ, भनेर ट्रकमा ल्याईएका केही पशु भिरमा खसालेर मारेको रहेछ, ‘उनले भने, ‘केही खाल्टोमा गाडि दिएको रहेछ ।’

स्थानीय सहितले अनुगमन गर्दा ती गाई गोरु मरेको अवस्थामा भेटिएका छन् । ‘सोमबार व्यवस्थापन गछौँ, भन्दै नगरपालिकाबाट लगिएका पशु चौपाया केही भिरमा भेटिए, केही घाईते अवस्थामा फिर्ता भएका थिए, हामीले अनुगमन गर्दा सडक छेउमा गाडेको भान पाएर जेसिभी लगाएर उत्ख्नन गर्दा दर्जनौँ पशु चौपाया भेटिए यो सरासर हत्या भयो ।’

विश्वहिन्दु गौरक्षा अभियानका अध्यक्ष चक्र्रदेव जोशीले नगरपालिकाले व्यवस्थापन गर्ने नाममा नेपालको राष्ट्रिय जनावर गाईको हत्या गरिएको बताए । ‘यो कुनै व्यवस्थापन होईन सरासर हत्या हो, ‘उनले भने, ‘यो घटनाको छानबिन गर्नुपर्छ दोषि उपर कार्बाही गर्नुपर्छ ।’

daimond public

स्थानीयले चुरे र चुरे फेदमा कतै गाडिएको कतै मृत फेला परेका पशु चौपायाबारे नगरपालिकाले छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन ।

बेदकोट नगरपालिकाले चालु आर्थिक बर्ष २०७९÷०७९मा छाडा पशु चौपाया व्यवस्थापनका लागि बैतडा स्थित बालज्योती विद्यालयले जमिन भाडामा लिएर व्यवस्थापन कार्य अघि बढेको जनाएको छ ।

बेदकोट नगरका प्रवक्ता चित्रदेव भट्टले नगरपालिकाले अस्थायी रुपमा कार्यालय परिषर र स्थायी रुपमा बैतडास्थित बालज्योती विद्यालयले जमिन भाडामा लिएर व्यवस्थापन कार्य अघि बढेको बताए ।

‘चुरेमा मृत भेटिएका र गाडिएको अवस्थामा फेला परेका पशु बारे हामीलाई थाहा छैन, ‘प्रवक्ता भट्टले भने, ‘जनता स्तरबाट सो विषयमा माग आए छानबिन गछौँ ।’

उनले सामुदायिक पशु चौपाया व्यवस्थापनका लागि गत कार्तिकदेखि नै भूमि पुजन गरेर कामकाज अघि बढेको बताउँदै केही गाई गोरुको नाममा राजनीति गर्ने व्यक्तिका कारण झमेला भईरहेको बताए ।

नगरपालिकाले बैजनाथ महिला कृषि सहकारी संस्थासित छाडा गाई गोरु व्यवस्थापनका लागि चारो र जनशक्ति कर्मचारी व्यवस्थापनका लागि १० लाखमा सम्झौता गरेको छ । सहकारीसित सम्झौतापछि विद्यालयको जमिन भाडामा लिएर व्यवस्थापन गर्ने तयारी थालिएको हो ।

 

Himal dental
सम्बन्धित
Loading...