भीमदत्तमा छाडा चौपाया व्यवस्थापन गर्न आनाकानी गरिएको भन्दै बोक्सरको असन्तुष्टि, नगरपालिकालाई दिइयो आन्दोलनको चेतावनी

महेन्द्रनर । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका नेता कृष्णदत्त जोशी बोक्सरले भीमदत्त नगरपालिकालाई छाडा पशु चौपाया व्यवस्थापन हुन नसके आन्दोलन हुने चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा छाडा पशु चौपाया व्यवस्थापनका लागि नगरपालिकाको ध्यानाकर्षण गराएका हुन् ।

स्थानीय तह निर्वाचनमा भीमदत्तको उप मेयरका उम्मेदवार उनले भीमदत्तमा छाडा पशु चौपाया व्यवस्थापनका लागि वेवास्ता हुँदै आएकोमा असन्तुष्टि पोखेका छन् । छाडा चौपाया व्यवस्थापनका लागि नगरपालिकाले ध्यान नदिएको गुनासो गरेका छन् ।

janjyoti campus

नगरपालिकालाई यथाशीघ्र चौपाया व्यवस्थापनका लागि पहल चाल्न आग्रह गर्दै उनले वेवास्ता गरिएका किसान आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन् ।

बेदकोट नगरपालिकामा छाडा चौपाया व्यवस्थापनका लागि स्थानीय आन्दोलनमा उत्रिएका छन् । बेदकोटका स्थानीयको आन्दोलनपछि भीमदत्त नगरपालिकालाई पनि व्यवस्थापनका लागि दबाव दिन थालिएको छ ।

बेदकोटका मेयर भोजराज बोहराले स्थानीय तह निर्वाचनपछि उप मेयर तुलसी जोशीको संयोजकत्वमा कार्यदल गठन गरी छाडा चौपाया व्यवस्थापन अघि बढाएका छन् ।

बैतोडास्थित बालज्योति माध्यमिक विद्यालयको जमिनमा व्यवस्थापन प्रक्रिया अघि बढेको छ । स्थानीयले व्यवस्थापनमा ढिलाई गरिएको भन्दै आन्दोलन गरेका हुन् ।

भीमदत्त नगरपालिकामा छाडा चौपाया व्यवस्थापनका लागि अहिलेसम्म कामकाज अघि बढेको छैन । भीमदत्तका मेयर उप मेयरले हालसम्म चौपाया व्यवस्थापनका लागि बर्दिया पुगेर अध्ययन भ्रमण मात्रै गरेका छन् ।

भीमदत्त नगरपालिकामा अघिल्लो कार्यकालमा निवर्तमान उप मेयर सुशिला चन्द सिहको नेतृत्वमा छाडा चौपाया व्यवस्थापनका लागि समिति गठन गरिएको थियो ।

ghar sansar
सम्बन्धित
Loading...