
उप मेयर सहभागी नभएपछि बेदकोटमा चार दलद्वारा सर्बदलीय बैठक बहिस्कार, छाडा चौपाया व्यवस्थापनका लागि संघर्ष समिति गठन

महेन्द्रनर । बेदकोट नगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापनका लागि गरेको सर्बदलीय बैठकमा उप मेयर तुलसी जोशी अनुपस्थित भएपछि चार दलले बहिस्कार गरेका छन् । बेदकोटका मेयर भोजराज बोहराले छाडा चौपाया व्यवस्थापनका लागि आन्दोलन चर्किएपछि बुधबार दिउँसो कार्यालयमा सर्बदलीय बैठक राखेका हुन् ।
बैठकमा उप मेयर जोशी अनुपस्थित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा बहुमत र नेकपा क्रान्तिकारीले बैठक बहिस्कार गरेका छन् । चार दलले उप मेयर उप मेयर सहित सर्बपक्षीय बैठक बोलाउन माग गरेका थिए ।

नेकपा बहुमतका नेता दिपेन्द्र सिह ऐरीले बैठकमा उप मेयर अनुपस्थित भएपछि बहिस्कार गरिएको बताए । ‘ उप मेयरको अनुपस्थितिमा सर्बदलीय बसाइयो, उप मेयरसित रिलेटिभ भएकाले उप मेयर पनि उपस्थित हुनु पर्छ भन्ने हाम्रो मा थियो’ उनले भने,‘वहाँ नै नआएपछि बहिस्कार गरी बाहिर आएका हौ ।’
उप मेयरको नेतृत्वमा व्यवस्थापनका लागि कार्यदल बनेकाले पनि बैठकमा उपस्थिति हुनु पर्ने चार दलको माग थियो । ती चार दलले बैठकमा उप मेयरलाई सहभागी गराई सर्बवक्षीय बैठक माग गरेका थिए ।
‘अस्ति महिलामाथि कुटपिट भएको विषय पनि छ, अर्को धार्मिक संघ संस्था पनि आन्दोलनमा छन्, त्यस कारण सबैको सहभागितामा बैठक बस्नु पर्ने आवश्यकता थियो’ नेता ऐरीले भने ।
चार दलले बैठक बहिस्कार गरेपछि चौपाया व्यवस्थापनका लागि आन्दोलन गर्न संघर्ष समिति गठन गरेका छन् । तेज ठकुल्लाको संयोजकत्वमा संघर्ष समिति गठन गरिएको छ ।
