ghar sansar

बेदकोटका मेयरको प्रष्टीकरण : अराजक तत्वले गाई गोरु चुनेपानी जान दिएन, खाना र पानी नपाएर मरे

महेन्द्रनगर । वेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले अराजक तत्वले चुनेपानीमा लैजान नदिएपछि भोक र पानी नपाएर छाडा चौपाया मरेको प्रष्टीकरण दिएका छन् ।

बेदकोट नगरपालिकामा बुधबार पत्रकार सम्मेलन गरी उनले मंसिर २० गते चुनेपानीको शिद्धसरोवरमा लगेर राख्ने बेला ट्रकमा हालेर लैजाने क्रममा अराजक तत्वले लैजान नदिएपछि ट्रक हालिएको अवस्थामा खान र पानी नपाएर मरेको बताएका हुन् ।

mantra hos123

‘वडा नम्वर ५ धरमपुरको सडकबाट १ सय ५३ वटा गाई जान दिईयो भने १ सय वटा गाई रहेको ट्रकलाई वडा नम्वर ७ मा रहेको पुतली बजारमा केही अराजक तत्वहरुले रोकि दिएको थियो’ पत्रकार सम्मेलनमा मेयर बोहराले भने,‘जुन व्यक्तिहरुले पालिकाबाट गाई लैजान अबरोध गरिरहेका थिए तीनै व्यक्तिहरुले १ लाख रुपैँया रकमको बार्गेनिङ गरेका छन् ।’

ट्रकमा गाई लैजाँदै गरेका व्यक्तिसँग एक लाख दियो भने गाईलाई लैजान दिने भन्दै माग गरिएको उनको भनाई थियो ।
मेयर बोहराले मरेका ती गाईलाई व्यवस्थापन गर्ने जिम्मेवारी भएको उल्लेख गर्दै जिउँदै गाईलाई मारेर पुरेको भन्ने खबर गलत भएको बताए ।

Himal dental
सम्बन्धित
Loading...