ghar sansar

काँग्रेस नेता पाण्डेयको निधन

khasi

महेन्द्रनगर । काँग्रेस नेता शिवराज पाण्डेको निधन भएको छ । काठमाडौंस्थित स्टार हस्पिटलमा पाण्डेयको शनिबार राति उपचारका क्रममा निधन भएको छ । झण्डै एक महिना अघि प्रेसर बढेर अट्याक आएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

dirhayu

उपचारपछि केही सञ्चो लागेका उनलाई शनिबार राति अर्को अर्को अट्याक आएपछि ज्यान गएको हो । भीमदत्त नगरपालिका १८ का ५९ वर्षिय पाण्डेय ब्लड प्रेसर, मुधमेह रोगबाट पीडित थिए ।

western public academy

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा उनी काँग्रेसबाट भीमदत्त नगरपालिका १८ को वडा अध्यक्ष लडेका थिए । त्यस अघि उनी २०४९ मा पनि वडा अध्यक्ष लडेका थिए । उनी ती दुबै प्रयासमा अध्यक्ष हुन सकेनन् ।

पाण्डेका श्रीमति चार सन्तान छन् । उनको आइतबार पशुपतिमा हिन्दू धर्म अनुसार अन्त्येष्टि गर्न लागिएको भतिजा राजेन्द्र पाण्डेयले बताए ।

Himal dental
सम्बन्धित
Loading...