पप्पु गुरुङ्ग
दोधारा । भारतीय सीमापसित जोडिएको दोधारा चाँदनी नगरपालिकाका विभिन्न पाँच स्थानमा सशस्त्र प्रहरीका पोष्ट राखिएका छन् । २०७४ सम्म दोधारा चाँदनीमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट मात्रै थियो ।
पाँच वर्षमा भारतसंग सीमा जोडिएको क्षेत्रमा ५ पोष्ट थपिएका छन् । भारतसंग झण्डै २२ किलोमिटर जोडिएको दोधारा चाँदनी नगरपालिका खुला सिमाना रहेको छ् ।
दोधारा चाँदनी नगरपालिकाको वडा नं. १ को बैलबन्द र भुमीराज टोलमा सशस्त्र प्रहरी पोष्ट छ । यस्तै वडा नं. ३ देबीस्थान, वडा नं. ७ कञ्चनभोज र वडा नं. १० सुन्दरनगरमा सशस्त्र प्रहरीले आफ्नो स्थायी पोष्ट निमार्ण गरेको छ । वडा नं. ३ बडुवाल टोलमा सशस्त्र प्रहरीको फोरवार्ड बेस रहेको छ ।
जनशक्तिको अभाव भन्दै बडुवाल टोलमा सशस्त्र प्रहरीको रित्तो क्याम्प मात्रै देख्न पाईन्छ । ‘उतापट्टि (भारत) दशगजा नजिकै भारतीय एसएसवीको क्याम्प छ । जहिल्यै हामीलाई हेप्ने व्यवहार हुन्थ्यो । अहिले हाम्रो तिर पनि सीमानामा सशस्त्र प्रहरीको क्याम्प स्थापना पछि उनीहरुको बराबरीमा भएको महसुस भएको छ ।’
स्थानियहरु भन्छन्, ‘सीमा स्तम्भको रक्षा र सीमा क्षेत्रको सुरक्षामा सशस्त्र प्रहरीको उपस्थितीले ढुक्क बनाएको छ ।’ दुई ४ वर्ष अघि सम्म दोधारा चाँदनीको खुला सिमा क्षेत्रमा सुरक्षा अवस्था निकै कमजोर थियो । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ६ हेल्थपोष्टमा एक मात्रै सशस्त्र प्रहरीको सुरक्षा पोष्ट थियो ।
हेल्थपोष्टमा रहेको सशस्त्र प्रहरी पोष्टमा दरबन्दी अनुसारका सुरक्षाकर्मी थिएनन् तर अहिले सीमा सुरक्षाका पोष्टहरु थपिएका छन् । जनशक्ति पनि बढेका छन् । दैनिक गस्ती गर्ने, अवैध कामहरुको निगरानी गर्ने, अवैध हातहतियारको खोजी गर्ने र नियन्त्रण गर्ने काम भइरहेको सशस्त्र प्रहरीले जनाएको छ् । नेपाल सरकारको निर्णय अनुसार अहिले दोधारा चा“दनी नगरपालिकाको सीमा सुरक्षाको लागि ५ स्थानमा सीमा प्रहरी पोष्ट स्थापना भएको सशस्त्र प्रहरीले जनाएको छ् ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) को दाँजोमा सशस्त्र प्रहरी कमजोर सुविधा सम्पन्न भए पनि विगत भन्दा दोधारा चाँदनी नगरपालिका संग जोडिएको सिमा क्षेत्रमा सुरक्षा ब्यवस्था निकै कसिलो भने छ ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) संग मिलेर समय समयमा सशस्त्र प्रहरी संयुक्त गस्ती पनि गर्दै आएका छन् । दोधारा चाँदनी नगपालिकाको खुला सीमा क्षेत्रमा राज्यको उपस्थिति बढ्दै जाँदा स्थानियहरुले समेत खुशी महसुस गर्न थालेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ निवासी लक्ष्मी रानाले सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट स्थापना भएपछि सुरक्षा चिन्ता कम भएको बताइन् ।
‘सशस्त्र प्रहरीको उपस्थिति नहुदा सधैं डर जस्तो हुन्थ्यो । तर अहिले सीमा क्षेत्रको रक्षामा सशस्त्र प्रहरी संग मिलेर हामी पनि खटिएका छौं’ उनले भनिन्,‘हाम्रा जंगे पिल्लरको सुरक्षा भएको छ् ।’ झण्डै २२ किलोमिटर लामो खुला सीमा क्षेत्रको दोधारा चाँदनी नगरपालिकामा पर्छन् ।
सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीले दुःख, कष्ट सहेर देशको सिमानाको रक्षा गर्दै आएका छन् । दोधारा चाँदनी नगरपालिकाको सीमावर्ती क्षेत्रमा रहेका सशस्त्र प्रहरीका पोष्टहरु टिनको तथा कमजोर घर छन् ।
अधिकांश स्थानमा खानेपानीको चरम अभाव छ् । बाढीको बेला सशस्त्र प्रहरीलाई आफ्नो हतियार जोगाउनै धौधौं हुन्छ् । बाढीको बेला उनीहरु विस्थापित भएर विद्यालयको शरणमा बसेका छन् ।
‘हावाहुरी लाग्दा छानो उडाउने चिन्ता, पानी परेमा छानो चुहिएर भिजिएला भन्ने डरमा बस्न ुपछर्् । ‘सुविधा नहुँदा पनि देशको सीमा रक्षामा खटिएको देख्दा भिन्दै अनुभूति हुन्छ’ स्थानियहरु भन्छन् ।