ghar sansar

सुप विश्वविद्यालयमा सुदूरपश्चिमको अध्ययन सम्बन्धी सोमबारदेखि दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन, अक्सफोर्ड लगायत विभिन्न विश्वविद्यालयका प्राध्यापक पनि सहभागी

little buddha academy
khasi

गोमती पाल
महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले सुदूरपश्चिम क्षेत्रमा गरिएका विभिन्न अध्ययन, सभ्यता, कला र कला संस्कृति संंस्कृति सम्बन्धी अनुदान आदानप्रदानका लागि दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको छ ।

विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सोमबारदेखि सुरु हुने सम्मेलनको सबै तयारी पूरा गरिएको छ । केन्द्रीय कार्यालयमा आइतबार पत्रकार सम्मेलन गरी तयारी पूरा गरिएको जानकारी दिएको छ ।

,orning glory badhai

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले स्थापना भएपछि पहिलो पटक सुदूरपश्चिम स्टडिज : हेरिटेज , इन्नोभेसन एण्ड ट्रान्सफोरमेन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको हो । यस अघि सम्मेलन गर्ने तयारी गरिए पनि कोभिड महामारीका काराण रोकिएका थियो । कोभिड महामारी नियन्त्रणमा आएपछि विश्वविद्यालयले गत वर्षदेखि तयारी अघि बढाएर सोमबारदेखि सुरु गर्न लागेको छ ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. अम्मरराज जोशीले सुदूरपश्चिम क्षेत्रको ज्ञान विज्ञानको गहन रुपमा विचार विमर्श गर्न सम्मेलन गरिएको बताए ।

‘सुदूरपश्चिम क्षेत्रको परिवेश के कस्तो छ, हामी पिछडिएको क्षेत्र भन्छौ, के साँच्चिकै हामी पिछडिएको नै हौ, कस्तो साहित्य छ, संस्कृति छ, प्रविधि छ, सभ्यता छ, संस्कार छ, आर्थिक कारोबार छ, यी सबैको गहन रुपमा अहिलेसम्म अध्ययन नै भएको छैन’ पत्रकार सम्मेलनमा उनले भने,‘कुनै गहन विचार विमर्श नै भएको छैन, पछि पर्ने एउटा कारण के हो भन्ने पनि थाह छैन, त्यसैले विचार विमर्श गर्न नै यो सम्मेलन गरिएको छ ।’

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थी, कर्मचारी प्राध्यापक र यस क्षेत्रका अध्ययनकर्ता सबैलाई सम्मेलन उपयोगी हुने अपेक्षा राखिएको उनले बताए ।

विश्वविद्यालयले आयोजना गरेको सम्मेलनमा बेलायततको अक्सफोर्ड विश्वविद्यालय र ब्रिटेन नेपाल एकेडेमी काउन्सिल सह आयोजक छन् । सम्मेलनमा सहभागी हुन अक्सफोर्डका प्रोफेसर डेबिट एन गेलर र ब्रिटेन नेपाल एकेडेमी काउन्सिलका डा. कृष्ण अधिकारी पुगि सकेका छन् ।

dirghayi clinic

उनीहरु केन्द्रीय कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा सहभागी भएका छन् । विश्वविद्यालयका उप कुलपति प्रा.डा. जोशी सहित रजिष्ट्रार यज्ञराज पाठक, सम्मेलन आयोजक समितिका संयोजक इन्जिनियरिङ्ग संकायमा डीन डा. किसन भट्ट, समितिका सदस्य उप प्राध्यापक दिपकचन्द्र भट्ट लगायत पत्रकार सम्मेलनमा सहभागी भएका छन् ।

विश्वविद्यालयका रजिष्ट्रार पाठकले सोमबार विहानदेखि सुरु हुने सम्मेलनका लागि केन्द्रीय कार्यालयका तीन सभा कक्ष तयार गरिएको बताए । उनले सम्मेलनका लागि विश्वविद्यालय अनुदान आयोग, नेपाल बैंक लि सहित विभिन्न बैंक, नेपाल पर्यटन बोर्ड लगायतले सहयोग गरेको जानकारी दिए ।

सम्मेलनमा प्राध्यापक र विद्यार्थी सहित विभिन्न क्षेत्रका गरी ४ सय ७६ जना सहभागी हुने भएका छन् । सम्मेलन आयोजक समितिका संयोजक डा. भट्टले सम्मेलनमा ७६ अनुसन्धान प्रतिवेदन प्रस्तुत, जन स्वास्थ्यमा दुई ओटा छलफल र तीन ओटा राउण्ड टेबल छलफल गरिने जानकारी दिए ।

सुदूरपश्चिम क्षेत्रको ज्ञान विज्ञान, कला संस्कृति, सभ्यता सहित विभिन्न विषयमा ज्ञान आदान प्रदान हुने उनले विश्वास व्यक्त गरे । ‘विश्वविद्यालय स्थापना भएपछि १० वर्षमा पहिलो सेमिनार गर्दछौ’ उनले भने,‘यसमा सबैको साथ सहयोगका लागि आश राखेका छौ ।’

पत्रकार सम्मेनलमा अक्सफोर्डका प्राध्यापक गेलरले सम्मेलनमा सहभागी हुन पाउँदा आफूलाई खुसी लागेको बताए । ‘म नेपालमा धेरै बसेको छु, नेपालमा धेरै सिकेको छु’ उनले भने,‘कोभिड महामारी भएर दुई वर्ष अघि रोकियो, अहिले हुँदैछ, म खुसी छु, सफलताको कामना गर्छु ।’ उनी पत्रकार सम्मेलनमा नेपालीमै बोलेका थिए ।

ब्रिटेन नेपाल एकेडेमी काउन्सिलका डा. अधिकारीले सम्मेलनबाट विश्वविद्यालय र सुदूरपश्चिम प्रदेश दुबैलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सम्मेलन आयोजक समितिका सदस्य उप प्राध्यापक भट्टले सम्मेलनमा प्रस्तुत हुने अध्ययन प्रतिवेदन एक वर्ष अघि देखि नै अध्ययन गरी तयार गरिएको बताए । ‘एक वर्ष अघि देखि नै विभिन्न विषयमा अध्ययन गरी रिसर्च पेपर तयार गरिएका छन्’ उनले भने, ‘ती प्रस्तुत भएर छलफल हुन्छ ।’

सरकारले २०६६ मा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय घोषण गरेको थियो । त्यसपछि सञ्चालन आएको विश्वविद्यालयले यस वर्ष पहिलो विदेशी विश्वविद्यालयका प्राध्यापकलाई समेत बोलाएर सम्मेलन गरेको हो ।

 

Himal dental
सम्बन्धित
Loading...