महेन्द्रनगर । नेकपा बहुमत सम्बद्ध अनेरास्ववियु क्रान्तिकारी विद्यार्थी संगठनले बेदकोट नगरपालिका ६ सिसैयामा विद्यार्थीको बसको ठक्करबाट ज्यान गएको घट्ना छानबिन गर्न माग गरेको छ ।
संगठनका जिल्ला संयोजक विरेन्द्र नाथले विज्ञप्ति प्रकाशित गरी दुर्घटनाको छानबिन गरी चालकलाई कारवाही, पीडितलाई न्याय र परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् ।
शुक्रबार विहान महेन्द्रनगरस्थित कञ्चन विद्या मनिदर कलेज आउने क्रममा ना. ७ ख. ६५५२१ नम्बरको बसले ठक्कर दिएपछि २१ वर्षिय वैजको मृत्यु भएको हो । उनको मृत्युपछि विद्यार्थी सहित स्थानीय सडक अवरोध गरी आन्दोलनमा उत्रिएका छन् ।
‘मनोमानी तरीकाले तीव्र गतिमा बस चलाइरहेका चालक सन्तोष ऐरलाई आबश्यक कार्बाही गरि पीडित परिवारलाई उचित न्याय र क्षतिपूर्ति दिन हुन सम्बन्धित निकायलाई जोडदार माग गर्दछौ’ विज्ञप्तिमा भनिएको छ ।