धनगढीको बिशाल नगरमा निगरानी समूह गठन

महेन्द्रनगर । धनगढी उप–महानगरपालिका वडा ३ चटकपुरमा शनिबार निगरानी समूह गठन गरिएको छ । आफन्त नेपालको आयोजनामा धनगढी उप–महानगरपालिका वडा नंं. ३ मा रहेका बालक्लव, बाल क्लव सञ्जाल, आमा समूह, विद्यालय, बाल संरक्षण समिति, समाजसेवी, लगायत स्थानिय संघ संस्था र वडा कार्यालयका प्रतिनिधिको भेलाले ‘बालश्रम शोषणको रोकथाम, प्रारम्भिक पहिचान र अवस्था अनुगमनकालागि निगरानी समूह गठन’ गरेको हो ।

समावेशी एकता समुहका अध्यक्ष हिरा देवी अछामीको संयोजकत्व गठित ११ सदस्यीय निगरानी समूहमा निता चन्द, लज्जावती राना, राजकुमार राना, रमेश बिक, साबित्रा श्रीमाल, बिन्दु श्रीमाल, मेनका चौधरी, अमृता अछामी, सुरज रोका सदस्य र सृजना मगराती सदस्य सचिव छन ।

janjyoti campus

बालश्रम शोषण, मानव बेचबिखन तथा ओसारपसारलाई न्युनिकरण गर्न स्थानिय सरोकारवालालाई संवेदशनशील र जिम्मेवार बनाउन र तत् सम्वन्धी प्रारम्भिक पहिचान, अवस्था अनुगमन र पुर्व सुचना सम्प्रेषण गरी बेचबिखन तथा बालश्रम शोाषणलाई समुदाय स्तरमै रोक्ने उद्देश्यले समुदाय स्तरमा निगरानी समूह गठन गरिएको आफन्त नेपालका कार्यक्रम अधिकृत बिर बहादुर नेपालीले बताए ।

युनिसेफ नेपालको आर्थिक सहयोगमा एटविन र आफन्त नेपालको सहकार्यमा सञ्चालित ‘बालश्रम शोषण रोकथाम, स्थानागमन तथा बेचबिखन विरुद्ध क्षमता तथा निगरानी सुदृढीकरण पारियोजना’ अन्तरगत निगरानी समुह गठन गरिएको हो ।

श्रम शोषण सम्बन्धी बेचबिखन समस्याहरूलाई रोक्न र सम्बोधनगर्न स्थानीय सरोकारवाला सक्रिय हुदै स्थानिय स्तरमा मानवबेचबिखन, बालश्रम शोषण र स्थानागमनको रोकथाम लगायतका बिषयहरुमा स्थानिय व्यतिहरु सचेत हुदै समुदाय स्तरमै बालश्रम तथा बेचबिखनका घटना रोक्न सकिने बिश्वास रहेको संस्था कार्यक्रम अधिकृत बिर बहादुर नेपाली ले बताए ।

ghar sansar
सम्बन्धित
Loading...