ghar sansar

दोधारा चाँदनी नगरपालिकाको २ नम्बर वडामा सात दिने गुडिया बनाउने तालिम सुरु

khasi

दोधारा । दोधारा चाँदनी नगरपालिका वडा नं. २ का महिलाहरुका लागि एक हप्ते गुडिया बनाउने तालिम सुरु भएको छ । चाँदनी नगरपालिका कार्यालयको सहयोगमा वडा कार्यालयले सञ्चालन गरेको तालिममा २० जना सहभागी भएका छन् । 

dirghayi clinic

वडा कार्यालयमा वडा अध्यक्ष सहित जनप्रतिनिधि सहितको सहभागितामा तालिम उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा वडा अध्यक्ष पदम रावल, वडा सदस्य मनकला खनाल पुजारा, कमान सिंह धामी, महाबिर सिंह धामी, द्रोपती सुनार, वडा सचिव नरेन्द्र साँउद, तालिमका प्रशिक्षक छाया देबि चन्द, दोधारा चाँदनी नगरपालिका कार्यालय लद्यु उद्यम शाखाका जयन्ती भट्ट लगायत सहभागी भएका छन् ।

वडा सचिव साउँदले कार्यक्रममा तालिमको औचित्यको बारेमा प्रष्ट पारे । वडा अध्यक्ष रावलले तालिमबाट सीप सिकर महिलाहरुलाई आर्थिक रुपमा शसक्त हुने सहयोग पुग्ने बताए । तालिममा सिकेको सीप व्यवहारमा उतारेर तालिमको सही प्रयोग गर्न पर्ने उनको भनाई छ ।

Himal dental
सम्बन्धित
Loading...