ghar sansar

आन्दोलनको चेतावनी सहित दलित विद्यार्थी साझा मञ्चले बुझायो सुप विश्वविद्यालयका उपकुलपतिलाई तीन बुँदे ज्ञापन पत्र

little buddha academy
khasi

महेन्द्रनगर । दलित विद्यार्थी साझा मञ्च केन्द्रीय समितिले कर्मचारी तथा शिक्षक भर्नामा दलित समुदायको समानुपातिक प्रतिनिधित्व लगायतका तीन बुँदे माग राख्दै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिलाई ज्ञापन पत्र बुझाएको छ ।

मञ्चका कार्यवाहक अध्यक्ष तेजेन्द्र लुहारको नेतृत्वमा समितिले बिहीबार उपकुलपति प्रा.डा. अम्मराज जोशीलाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा दलित समुदायको समावेशी प्रतिनिधित्व सहित विद्यार्थीका लागि छात्रबृत्ति कोटा निर्धारण र छात्राबासमा पहिलो प्राथमिकता दिनु पर्ने माग राखेका छन् ।

dirghayi clinic

कार्य वाहक अध्यक्ष लुहार र सचिव लाल बहादुर बिकको संयुक्त हस्ताक्षर गरिएको ज्ञापन पत्रमा तीन बुँदे माग पूरा गर्न वेवास्ता गरिए आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिइएको छ ।

‘माग सम्बोधनको आशमा वर्षौसम्म धैर्यताका साथ शालिन र सभ्यतापूवर्क प्रतिक्षारत हुनुलाई कमजोरीको रुपमा लिएकाले शीघ्रातिशीघ्र तपशिल बमोजिमका मागहरु सम्बोधन गर्न यस ज्ञापन पत्रका साथ ध्यानाकर्षण गराउँदछौं, ज्ञापन पत्रमा भनिएको छ, ‘यी मागहरु सम्बोधन गर्न विगतजस्तै उपेक्षा गरेमा जस्तोसुकै संघर्ष र आन्दोलन गर्न बाध्य हुनेछौ र तत्पश्चातको परिस्थितिको परिणामको जवाफदेही विश्वविद्यालय नै हुनेछ भन्ने जानकारी गराउँदछौ ।’

Himal dental
सम्बन्धित
Loading...