ghar sansar

दोधारा चाँदनीमा मेयरका पीएकी पत्निलाई पनि जागिर

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकामा मेयर किशोर कुमार लिम्बुका स्वकीय सचिव (पीए) चन्द्र प्रकाश खत्रीकी धर्मपत्निले जागिर पाएकी छन् । पीए खत्रीकी धर्मपत्नि गीता रावतलाई स्वास्थ्य बीमा व्यवस्थापक पदका लागि लिइएको अन्र्तवार्तामा छनौट भएकी छन् ।

दोधारा चाँदनी नगरपालिकाले माघ २३ गते स्वास्थ्य बीमा व्यवस्थापक पदका लागि सार्वजनिक सूचना अनुसार उम्मेदवारको सर्टलिस्ट गरी अन्तर्वार्ता लिइएको थियो । अन्र्तवार्तामा सहभागी रावत र तनुजा थापामध्ये रावत छनौट गरिएकी छन् ।

lotus institite
daimond public


पीएकी पत्निलाई छनौट भएपछि अनियमिताको आशंका गर्दै सामाजिक सञ्जाल फेसबुकमा विरोध भएको छ । मेयर लिम्बुसित पहुँचका आधारमा उनलाई छनौट गरिएको आरोप लगाइएको छ ।

नगरपालिकाले सूचना सार्वजनिक गरेपछि पीएकी पत्निलाई राख्ने हल्ला समेत चलेको थियो । मेयर लिम्बुका पीए खत्री स्थानीय तह निर्वाचनमा दोधारा चाँदनी नगरपालिका ८ मा वडा सदस्यमा पराजित भएका थिए । त्यसपछि मेयर लिम्बुले उनलाई पीए राखेका हुन् ।

Himal dental
सम्बन्धित
Loading...