ghar sansar

मेला उद्घाटनमा भाषण गर्न नपाएर रिसाएका मन्त्री भण्डारी पाँच दिनमै आए कञ्चनपुर, छेला औद्योगिक क्षेत्र निरीक्षणपछि भाषण गरी फर्किए

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर उद्योग बाणिज्य संघको १४ औं सुदूरपश्चिम स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा भाषण गर्न नपाएर फर्किएका उद्योग बाणिज्य तथा आपर्ति मन्त्री दामोदर भण्डारी शुक्रबार दैजीस्थित छेला औद्योगिक क्षेत्र पुगेका छन् । पाँच दिन अघि महोत्सव उद्घाटन र पार्टी कार्यक्रममा सहभागी भएर फर्किएका उनी शुक्रबार बेदकोट उद्योग बाणिज्य संघको आमन्त्रणमा निरीक्षणमा आएका छन् ।

कञ्चनपुर उद्योग बाणिज्य संघले मेला उद्घाटन कार्यक्रममा मन्तव्य राख्न नदिएपछि उनी मायाको चिनो र खादा मञ्चमा छाडेर फर्किएका थिए । मञ्चमा कार्यक्रम अघि उनले प्रधानमन्त्री पुष्पकमल दाहालसंगै दोधारा चाँदनीको सुख्खा बन्दरगाह निरीक्षण गरेका थिए । सुख्खा बन्दरगाह निरीक्षण बाहेक उनले एमाले पार्टी कार्यालयमा सम्मान पनि थापेका थिए ।

,orning glory badhai

पार्टी कार्यक्रममा सम्मानका लागि समय दिए पनि उनी छेला औद्योगिक क्षेत्र निरीक्षण नगरी फर्किएका थिए । उद्योग बाणिज्य संघले दोधारा चाँदनीको सुख्खा बन्दरगाह, छेला औद्योगिक क्षेत्र, मझगाउँ विमानस्थल लगायतका ठूला विकास योजना निरीक्षण गरी गति दिने अपेक्षा गरी उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहाल सहितलाई आमन्त्रण गरेको थियो ।

उद्योग बाणिज्य संघको मेला उद्घाटनको तीन दिन अघि नै उनी बेलौरीमा महोत्सव उद्घाटनका लागि पुगेका थिए । त्यसपछि उनी खुला मञ्चमा उद्घाटन समापन कार्यक्रममा सहभागी भएर पनि छेला औद्योगिक क्षेत्रमा नगई फर्किएका थिए ।

dirghayi clinic

खुला मञ्चको महोत्सवमा मन्त्री भण्डारीलाई भाषणा गर्न नदिएपछि असन्तुष्ट एमालेका नेताको योजनामा मन्त्री भण्डारीलाई छेला औद्योगिक क्षेत्र निरीक्षणका लागि बोलाएको हो । बेदकोट उद्योग बाणिज्य संघका केही पदाधिकारी यसका लागि सक्रिय रुपमा लागेका थिए ।

छेला औद्योगिक क्षेत्र दुई वर्ष अघि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनले शिलान्यास गरेका थिए । शिलान्यास गरिएपछि रुख छपान प्रक्रिया अघि बढे पनि अझैसम्म अधुरो छ । सरकारले औद्योगिक क्षेत्रका लागि भोगाधिकार नदिएपछि प्रस्तावित क्षेत्रमा अन्य कार्य पछाडि धकेलिएका छन् ।

औद्योगिक क्षेत्र निरीक्षणपछि आयोजित कार्यक्रममा मन्त्री भण्डारीले छेला औद्योगिक क्षेत्र सञ्चालनलाई सरकारले उच्च प्राथमिकतामा राखेको र ढिलोमा दुई साताभित्र भोगाधिकार कायम हुने गरी काम थालिएको दावी गरेका छन् ।

‘मैले मन्त्रालय सम्हालेको एक महिनामै औद्योगिक क्षेत्र कार्यान्वयनको चरणमा प्रवेश गरेको छ,’ मन्त्री भण्डारीले भने, ‘यसबारे कार्यदलले एक हप्ताभित्र प्रतिवेदन पेश गर्नेछ। त्यो प्रतिवेदन क्याबिनेटमा पेश गरी भोगाधिकार हस्तान्तरणको निर्णय गराउँछ ।’

मन्त्री भण्डारीले भोगाधिकार पाएपछि बाँकी प्रक्रिया अघि बढ्ने बताए । त्यसका लागि ५ अर्ब बढी बजेट माग गरिएको उनले जानकारी दिए ।

Himal dental
सम्बन्धित
Loading...